Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको पम्पम बिल्डिङमा प्रहरीको छापा, करोडौं मूल्यको कपडा बरामद

वीरगन्ज,६बैशाखःवीरगन्जको महावीर मन्दिर छेउमै रहेको पम्पम बिल्डिङमा बिहीबार प्रहरीले छापा मारेर करोडौं मूल्यको तस्करीका कपडाहरु बरामद गरेको छ ।

तस्करीको कपडा भण्डारण गरि राखेको सूचनाको आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यलय पर्साबाट प्रहरीको विशेष टोली खटिएको थियो । उक्त टोलीले पम्पम बिल्डिङमा रहेका चार वटा गोदममा छापमा मारेर झण्डै एक ट्रक कपडा बरामद गरेको हो ।
प्रहरीले पुरै पम्पम बिल्डिङलाई घेरा हालेर छापा मार्ने क्रममा चार वटा ठूला कोठामा गोदाम बनाएर राखिएका सर्टिङ–सुर्टीङको थान,सुटपिस, साडी, पर्दा लगायतका कपडाहरु ठूलो परिमाणमा बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले जानकारी दिए ।

उनले भने,‘ गोदामबाट झण्डै एक ट्रक कपडा प्रहरीले बरामद गरको छ ।बरामद कपडाहरु कति मूल्यको छ ?त्यो अहिले नै भन्न सकिदैन ।मुल्यांकन गर्न समय लाग्छ । यस बारेको विस्तृत विवरण प्रहरीले आँफै सार्वजनिक गरेर जानकारी गराउनेछ ।’

यसैबिच छापा मार्ने टोलीमा रहेका एक सुरक्षाकर्मीले बरामद कपडाहरु १० करोड भन्दा बढी नै मुल्यको रहेको बताए ।

प्रहरी श्रोतका अनुसार, प्रहरीले बरामद गरेका ती कपडाहरु काजल ईम्पेक्सको रहेको बताइएको छ । प्रहरीले गोदममा छापा मार्ने क्रममै काजल ईम्पेक्सका रामएकबाल कुशवाहाले सञ्चारकर्मीसंग कुरा गर्दै ती कपडाहरु आफनो रहेको बताएका थिए ।

 

Related posts

तराई–मधेसमा अत्याधिक गर्मी : अझै ३ दिनसम्म तातो हावाको लहर चल्ने

MadhesKhabar

परवानीपुर सब स्टेसनमा आगलागीपछि पर्सा-बारा औद्योगिक करिडोरमा विद्युतको अभाव

MadhesKhabar

वीरगन्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी आर्जु र सचिवमा नेविसंघकी मन्दिरा विजयी

MadhesKhabar

Leave a Comment