Madhes Khabar
स्थानिय

पम्पम बिल्डिङको ४ मध्ये २ गोदामबाट मात्रै १ करोड २० लाखको कपडा बरामद

वीरगन्ज,७बैशाखः वीरगन्जको पम्पम बिल्डिङमा बिहीबार प्रहरीले छापा मारेर बरामद गरेको तस्करीको कपडाहरु शुक्रबार सार्वजनकि गरेको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पम्पम बिल्डिङमा छापा मारेर चार वटा मध्ये दुई वटा गोदामबाट १ करोड २० लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले जानकारी दिए ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ घर भएका २४ वर्षीय आकाश कुमार गुप्ताको गोदामबाट ८० लाख र वीरगन्ज महानगरपालिका वडा नम्बर ६ घर भएका ४४ वर्षीय रामएकवाल कुशवाहाको गोदामबाट ४० लाख गरि दुई वटा गोदामबाट १ करोड २० लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरिएको थापाले बताए । ती कपडाहरु आवश्यक कारबाहीका लागि शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा पठाइएको जानकारीपनि उनले दिए।

पम्पम बिल्डिङमा अझै दुई वटा गोदामको खानतलासी लिन बाँकी रहेको भन्दै थापाले शुक्रबार ती दुई गोदामपनि खोलेर खानतलासी लिइने तयारी भइरहेको बताए । उनले भने,‘ बिहीबारदेखि नै ती गोदामहरु प्रहरीको घेरामा छ । त्यसबाट के कति कपडा बरामद हुन्छ । त्यसपछि मात्रै कूल कति मुल्यको कपडा बरामद गरिएको भन्ने यकिन विवरण आँउछ ।

उनले बिहीबार दुई वटा गोदामबाट कपडाहरु मात्रै बरामद गरिएको तर त्यसका धनी गुप्ता र कुशवाहालाई भने पक्राउ नगरिएको जानकारीपनि दिए ।जबकि बिहीबार प्रहरीले छापा मारेर गोदाममा खानतलासी लिने क्रममा काजल इम्पेक्सका धनी रामएकबाल कुशवाहा त्यहि उपस्थित थिए ।

प्रहरी नायब उपरीक्षक थापाले भने,‘ हामीले कपडामात्रै बरामद गरेका छौं । साहुहरुलाई हामीले नियन्त्रणमा लिन मिल्दैन । उनिहरुविरुद्ध भन्सार कार्यालयले कारबाही प्रकृया अगाडि बढाउँछ ।

 

Related posts

जेनजी आन्दोलनमा क्षतिग्रस्त गण्डक प्रहरी चौकीमा विभिन्न संघसंस्थाले गरे सहयोग

MadhesKhabar

वीरगन्जकाे इनर्वाबाट गाँजासहितकाे भारतीय ट्रक र चालक पक्राउ

MadhesKhabar

वीरगन्जको बाल सुधार गृह : सुधार हुँदैछ व्यवस्था, उज्यालिँदैछ बालकहरूको भविष्य

MadhesKhabar

Leave a Comment