Madhes Khabar
स्थानिय

बेलवामा पनि महानगरले हटायाे ऐलानी जग्गाको अतिक्रमण

वीरगन्ज,२४जेष्ठ : वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बेलवामा पनि ऐलानी जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरु वीरगन्ज महानगरपालिका हटाएको छ ।

बेलवामा रहेकाे ४ कठ्ठा १० धुर ऐलानी जग्गामा अतिक्रमण गरि बनाइएका घरटहरा बुधबार महानगरकाे टाेलीले डाेजरले भत्काएर खाली गराएकाे हाे ।

यसअघि अतिक्रम हटाउन वीरगन्ज महानगरपालिकाले पटक पटक आग्रह गर्दा पनि अटेर गरिएपछि बुधबार महानगरकाे टाेलीले आफैं डोजर लगाएर ऐलानी जग्गा अतिक्रमण मुक्त गराएकाे हो ।

अतिक्रमण हटाउन गएकाे महानगरको टाेलीमा महानगरकाे भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको सहभागीता थियो ।

Related posts

बाराको दुधौरा पुल निर्माणको काम छिटो सक्न ठेकेदारलाई मन्त्री कुलमान घिसिङको निर्देशन

MadhesKhabar

१७ वर्ष पहिलेको भ्रष्टाचारमा बाराका पूर्व गाविस सचिव अन्सारीविरूद्ध अदालतमा मुद्दा दायर

MadhesKhabar

सरकारी छाप र कागजपत्र किर्ते गरेकाे आरोपमा बाराका व्यवसायी पटेल पक्राउ

MadhesKhabar

Leave a Comment