Madhes Khabar
स्थानिय

वीरगन्जमा शान्ति र सद्भाव कायम राख्न वीरगन्ज उद्योग वाणिज्य संघको अपिल

फाइल तस्बिर ।

वीरगन्ज,३बैशाखःवीरगन्ज उद्योग वाणिज्य संघले शान्ति र सद्भाव कायम राख्न वीरगन्जबासीसंग अपिल गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले वीरगन्जको वर्तमानको असहज परिस्थितिलाई सबै पक्ष मिलेर समाधान गर्ने तर्फ सबैको सामूहिक भूमिका केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।शान्ति र सद्भावबाटै समाज समुन्नत हुने भएकोले वीरगन्जलाई शान्त र समुन्नत बनाउन सहयोग गर्नु सरोकारवाला सबैपक्षमा अनुरोभपनि संघले गरेको छ ।

गत शनिबार वीरगन्जमा हनुमान जन्मोत्सवको शोभा यात्रामा दुई पक्ष बीच भएको झडप र त्यसबाट सिर्जना भएको तनाव र विकसित घटनाक्रम प्रति संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै संघका अध्यक्ष हरि गौतमले “सर्व धर्म समभाव” को मूल अभिष्टलाई प्रबद्र्धन गर्दै समाजलाई समुन्नत र सुसंस्कृत बनाएर लैजानु पर्ने दायित्व प्रत्येक नगरवासीको रहेको हुँदा वर्तमानको असहज परिस्थितिमा वीरगन्जबासीलाई संयमित र सजग रहन अनुरोधपनि गरेका छन् ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–मुलुकको आर्थिक राजधानीका रुपमा आफ्नो पहिचान बनाइरहेको वीरगन्जको आर्थिक शक्ति र सामथ्र्यलाई सबैको सहयोग र सहकार्यबाट सुदृढ बनाउनु पर्ने आवश्यकता यतिखेर रहेको हामीले अनुभूत गरेका छौं । पछिल्ला केही वर्षदेखि मधेस आन्दोलन, कोभिड १९ लगायतका कारण उद्योग, व्यापार, व्यवसायमा आएको संकुचन र गतिहीनताको प्रभाव वीरगञ्जले पनि प्रत्यक्ष रुपले भोगिरहेको हामीले अनुभूत गरेकै विषय हो । यताका दिनहरुमा विस्तारै भए पनि उद्योग, व्यापारमा केही सुधार र अर्थतन्त्र गतिशील भइरहेको हो कि भन्ने आभाष भइरहेकै बेला पुनः यस किसिमको अवस्था सिर्जना हुनु हामी सबै नगरवासीका लागि दःुखद मात्र होइन विचारणीय विषय पनि रहेको छ ।

Related posts

वीरगन्जकाे पिप्रा स्थित सडक नामाकरण कार्यक्रम हालका लागि स्थगीत

MadhesKhabar

पोखरीयामा सरकारी कार्यालयका शाखा स्थापनाका लागि काठमाण्डौ डेलिगेशन जाने निर्णय

MadhesKhabar

सखुवा प्रसौनी–१ मा सडक विस्तारका लागि अतिक्रमण हटाउन गाँउपालिका अध्यक्षद्वारा सूचना जारी

MadhesKhabar

Leave a Comment