Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरका स्काभेटर चालक मंगरु डाेम उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित

वीरगन्ज,८असार:वीरगन्ज महानगरपालिकाले वर्ष भरि गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा महानगरका एक जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरेको छ ।

महानगरपालिकाको १५ औं नगरसभाले महानगरको सवारी शाखामा कार्यरत स्काभेटर चालक मंगरु डोमलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरेको हो ।सार्वजनिक अतिक्रमित जग्गा नियन्त्रणमा ल्याउन अहोरात्र खटेर उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै उनलाई महनगरका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराइले संयुक्त रुपमा प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरेका हुन् ।

यस्तै महानगरको शैक्षिक क्षेत्र सुधारका लागि योगदान पुर्याउने संस्था मध्ये राउण्ड टेबल नेपाललाई पनि सम्मानित गरिएको छ । राउण्ट टेबल नेपालले महानगरभित्रका विभिन्न ८ वटा सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मानित गरिएको हो ।

राउण्ड टेबल नेपालले महानगरका विभिन्न ८ वटा सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरिएको हो ।

Related posts

सिम्रौनगढका पुर्व प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टचार मुद्दा दर्ता

MadhesKhabar

कलैयाका क्याम्पस चिफ हत्या प्रकरण :मुख्य ‘सुटर’ एसपीलाई नै चक्मा दिएर फरार

MadhesKhabar

सडकमा फोहोर फ्याँक्ने वडाध्यक्ष शाहलाईपनि वीरगन्ज महानगरले गर्यो कारबाही

MadhesKhabar

Leave a Comment