वीरगन्ज,२४बैशाख:वीरगन्ज भन्सार नाकामा केहि महिना यता सुरक्षा जाँचकाे नाममा सर्वसाधरणले खेपिरहेकाे सास्तीकाे बारे पर्साका प्रमुख जिल्ला अधिकारीकाे ध्यानाकर्षण गराइएको छ।
स्वतन्त्र मानव अधिकार समाजले साेमबार जिल्ला प्रशासन कार्यालयमा पुगेर समाजकाे टाेलीले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालललाई ध्यानाकर्षण गराएकाे हाे।केहि समय ता वीरगन्जज भन्सार नाकामा राजश्व चुहावट नियन्त्रण र सुरक्षा जाँचकाे नाममा सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले सर्वसाधारणलाई सास्ती दिइरहेकाेले यस बारेमा प्रमुख जिल्ला अधिकारीकाे ध्यानाकर्षण गराइएको समाजका केन्द्रीय सभापति कृष्ण कुमार खनालले बताए ।
खनालले वीरगन्जज भन्सार नाकामा सशस्त्र प्रहरीले चेकजाँचको नाममा घाममा घण्टाैंसम्म लाईनमा उभ्याएर नागरिकलाई सास्ती दिईरहेकाेले त्यसलाई राेक्नुपर्ने आँफुहरुकाे माग रहेकाे बताए ।
यस्तै नारायणी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई डाक्टर नभेटिएर हुदै आएकाे सास्तीका बारेमापनि प्रमुख जिल्ला अधिकारी भुसालकाे ध्यानाकर्षण गराइएको खनालले जानकारी दिए।
नारायणी अस्पतालमा विशेषगरी रात्रिको समयमा आकस्मीक कक्षमा खोजेको समयमा डाक्टरहरु भेट नहुने परिपाटीको अन्त्य गर्दै सुधार गर्न समेत प्रजिअ भुसालसंग अनुरोध गरिएको उनले बताए।
समाजकाे टाेलीले प्रजिअ भुसाललाई ध्यानाकर्षण पत्र बुझाउने क्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक चन्द्र कुमार थापा, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चित्तरन्जन साह, अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताका साथै समाज टोलीमा समाजका उपसभापति नन्दकिशोर यादव, महासचिव दिपक साह कानु, सचिव आशिष कुमार, कोषाध्यक्ष उर्मिला कुशवाहा, सह-कोषाध्यक्ष रामभरोस यादव, केन्द्रिय सदस्य सोनालाल गुप्ता, लालबाबु गुप्ता, सुन्दर कुमार चौधरी लगायतकाेपनि सहभागिता थियाे।

