Madhes Khabar
समाज हेडलाइन

पर्साका दलित अभियन्ता मनाेज राम पाेखरामा सम्मानित

वीरगन्ज,२२पुष: पर्साका दलित सामाजिक अभियन्ता मनोज राम पाेखरामा सम्मानित भएका छन्।

पाेखरामा शनिबार आयाेजित मिजार समाज नेपालकाे १४ ओैं राष्ट्रिय सम्मेलनमा गण्डकी प्रदेश सरकारकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले दलित सामाजिक अभियान्ता तथा पिसफोर दलित फाउन्डेसन नेपाल मधेस प्रदेशका रामलाई सम्मानित गरेकी हुन्।

रामले शिक्षा ,सामाजिक सेवा , दलित समुदायका बालबालिकाको शिक्षामा पहुँच , सामुदायिक न्याय , सामाजिक रुपान्तरण , सामाजिक परिवर्तन , दलित समुदायको लागि सशक्तीकरणमा पुर्याएको योगदानको कदर गरि उनलाई सम्मानित गरिएको हाे।

विगत १५ वर्षदेखि पर्सा जिल्ला लगायत मधेस प्रदेशको जिल्ला र राष्ट्रिय स्तरमा सामाजिक कार्यमा सक्रिय रहेका रामले पर्सा जिल्लाका दलितवस्तीका १००० बालबालिकाहरुलाई निशुल्क ट्युसन कक्षा सञ्चालन गर्दै आइरहेका छन्।

 

मिजार समाज नेपालका अध्यक्ष होम बहादुर नेपालीकाे अध्यक्षता तथा मन्त्री सिंखडाको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा संविधान सभा सदस्य दिल बहादुर नेपाली , राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, राष्ट्रिय सभाका पुर्व सांसद रामलखन हरिजन लगायतको उपस्थिती रहेकोे थियोे ।

Related posts

अतिक्रमण हटाउन मेयर आफैं पुगे, सिर्सिया पुल नजिक अढाइ कट्ठा जग्गाको अतिक्रमण हटाइयो

MadhesKhabar

वीरगन्जको गाेदाममा मल, गाँउमा हाहाकार

MadhesKhabar

समाजवादी मोर्चाको पहिलो सभा वीरगन्जमा : प्रधानमन्त्रीसहित शीर्ष नेताले गरे सम्बोधन

MadhesKhabar

Leave a Comment