Madhes Khabar
समाज

बाराको जीतपुरसिमरा उपमहानगरले रक्तदान कार्यक्रम गरेर मनायो संविधान दिवस

बारा,३असोजःसंविधान दिवसका अवसरमा बारामा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् ।जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले रक्त सञ्चार केन्द्र वीरगन्जको प्राविधिक सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित जम्मा ५४ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरूमा मातृका पौडेल, सुरज पुन मगर, चूडामणि काफ्ले, ललित किशोर, हासमुद्दिन अन्सारी, सिद्धार्थ चौधरी, सपना बम्जन,सुष्मा तामाङ लगायतका रहेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष गुप्ताले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा उपमेयर भोलाप्रसाद अधिकारी,प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाइ लगायतकाकोपनि विशेष उपस्थिती रहेको थियो ।

 

Related posts

संरक्षण गृह नहुँदा बेचविखनबाट उद्धार गरीएकाको व्यवस्थापनमा समस्या

MadhesKhabar

छठ पूजाको उपलक्ष्यमा पर्साको मुड्लीमा ५० जनाले गरे रक्तदान

MadhesKhabar

पाँडेपुरका आगलागी पिडित परिवारलाई जन सेवाले गर्याे आर्थिक सहयाेग

MadhesKhabar

Leave a Comment