वीरगन्ज,२०कार्तिकःपर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुड्लीमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।छठ पर्वको उपलक्ष्यमा जन सेवा नेपाल नामक संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा भुपेन्द्र कुमार साह,गजेन्द्र साह,सुरेन्द्र साह,रामकिशोर महतो,उदय सिंह,सन्दिप पटेल ,पिन्कु राम, राजु राम,जुनैद हुसैन लागायतका रहेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप–शाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिए ।
जन सेवा नेपालका अध्यक्ष राधेश्याम प्रसाद पटेलको अध्यक्षता तथा पूर्व उद्योगमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा कांग्रेसका युवा नेता अजय कुमार पटेल, कालिकामाई गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अध्यक्ष लालबाबु राउत बरई,रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिकहरु जितेन्द्र कुशवाहा, मनिष गुप्ता, नितेस यादव लागायतकोपनि सहभागिता थियो ।

