Madhes Khabar
समाज

छठ पूजाको उपलक्ष्यमा पर्साको मुड्लीमा ५० जनाले गरे रक्तदान

वीरगन्ज,२०कार्तिकःपर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुड्लीमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।छठ पर्वको उपलक्ष्यमा जन सेवा नेपाल नामक संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा भुपेन्द्र कुमार साह,गजेन्द्र साह,सुरेन्द्र साह,रामकिशोर महतो,उदय सिंह,सन्दिप पटेल ,पिन्कु राम, राजु राम,जुनैद हुसैन लागायतका रहेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप–शाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिए ।

जन सेवा नेपालका अध्यक्ष राधेश्याम प्रसाद पटेलको अध्यक्षता तथा पूर्व उद्योगमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा कांग्रेसका युवा नेता अजय कुमार पटेल, कालिकामाई गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अध्यक्ष लालबाबु राउत बरई,रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिकहरु जितेन्द्र कुशवाहा, मनिष गुप्ता, नितेस यादव लागायतकोपनि सहभागिता थियो ।

 

Related posts

ठाेरीका क्यान्सर पिडित तमाङका लागि ५ दिनमै साढे ११ लाख रुपैयाँ सहयोग संकलन

MadhesKhabar

पर्साको रंगपुरमा लागू औषधको रोकथाम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

MadhesKhabar

पन्नालाल माविमा वडाध्यक्षको पहलमा रुंगटा वेयल फेयरले जडान गरिदियो डीप बोरीङ

MadhesKhabar

Leave a Comment