Madhes Khabar
समाज

पन्नालाल माविमा वडाध्यक्षको पहलमा रुंगटा वेयल फेयरले जडान गरिदियो डीप बोरीङ

वीरगन्ज,७ साउन : वीरगन्जको एक सरकारी विद्यालयमा खानेपानीको अभावले विद्यार्थी र शिक्षकहरुलाई सास्ती भएपछि एक औद्योगिक घरानाले उक्त विद्यालयमा ३ लाख भन्दाबढी खर्च गरेर डीप बोरिङ जडान गरिदिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडीअर्वास्थित रामचरण पन्नालाल सााह माध्यमिक विद्यालयमा वडाध्यक्ष सुशीलक कुमार कानुको पहलमा रुंगटा वेयलफेयर सोसाइटीले ४ इन्चको डीप बोरीङ जडान गरिदिएको हो । विद्यालयमा रहेको चापकल सुकेपछि विद्यार्थी र शिक्षकहरुलाई खानेपानीको संकट भएपछि आँफुले गरेको आग्रह स्वीकार गरि सोसाइटीका कोषाध्यक्ष सुरेश रुंगटाले विद्यालय परिसरमा ४ इन्चको डीप बोरीङ जडान गरिदिएको वडाध्यक्ष कानुले बताए ।

डीप बोरीङका लागि आवश्यक पाइप, विद्युतीय मोटर, धारा लगायतका आवश्यक सबै सामान ल्याएर जडान खर्चपनि उपलब्ध गराएर सोसाइटीले डीप बोरीङ जडान गरिदिएको उनले बताए । यस पुनित कार्यका लागि सोसाइटी र त्यसका पदाधिकारी तथा सदस्यलाई वडा कार्यालयका तर्फबाट वडाध्यक्ष कानुले आभार प्रकट गरे ।

Related posts

बाराकाे लिपनीमालमा आयाेजित नि:शुल्क शिविरमा १४८ जनाकाे आँखा परिक्षण

MadhesKhabar

कलैयामा राजदेवी सांगीतिक समुहको वार्षिकोत्सवमा ७१ जनाले गरे रक्तदान

MadhesKhabar

मानव सेवा आश्रमद्वारा सिमराबाट एक बेसहारा पुरुषको उद्धार

MadhesKhabar

Leave a Comment