Madhes Khabar
समाज

मानव सेवा आश्रमद्वारा सिमराबाट एक बेसहारा पुरुषको उद्धार

वीरगन्ज,३१साउनःबाराको सिमराबाट मानव सेवा आश्रमले मानसिक अवस्था कमजोर भएका एक जना बेसहारा पुरुषको उद्धार गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरास्थित डिभिजन वन कार्यालय अगाडिको सडकमै बेवारिसे अवस्थामा भेटिएका अन्दाजी ४० वर्षका पुरुषको मानव सेवा आश्रमको टोलीले शुक्रबार राति ९ः३० बजे उद्धार गरेको हो ।

आश्रमका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु प्रहरी जवान नागेश्वर यादव, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक हवल्दार अरविन्द कुमार दास सहितको टोलीले आफ्नो नाम ठेगानासमेत बताउन नसक्ने ती पुरुषको उद्धार गरेर मानव सेवा आाश्रमको वीरगन्ज शाखामा ल्याएर राखेको छ ।

आश्रममा पुर्याइएपछि ती पुरुषलाई सरसफाई र नुहाइ दिएको भन्दै गुप्ताले उनलाई मनोरोग विशेषज्ञ डाक्टर भरत गोइतको निगरानीमा औषधि उपचारपनि सुरु गरिएकोे जानकारी दिए ।

 

Related posts

बाराको ग्रामीण भेगका महिलाहरुले लिए पत्रकारीता तालिम

MadhesKhabar

पर्सा फोटोग्राफर एशोसिएसनले छोरीको विहेमा दियो सहयोग

MadhesKhabar

लखनपुरमा जसपाका युवा नेता साहद्वारा सामुदायिक भवनको शिलान्यास

MadhesKhabar

Leave a Comment