Madhes Khabar
समाज

मानव सेवा आश्रमद्वारा सिमराबाट एक बेसहारा पुरुषको उद्धार

वीरगन्ज,३१साउनःबाराको सिमराबाट मानव सेवा आश्रमले मानसिक अवस्था कमजोर भएका एक जना बेसहारा पुरुषको उद्धार गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरास्थित डिभिजन वन कार्यालय अगाडिको सडकमै बेवारिसे अवस्थामा भेटिएका अन्दाजी ४० वर्षका पुरुषको मानव सेवा आश्रमको टोलीले शुक्रबार राति ९ः३० बजे उद्धार गरेको हो ।

आश्रमका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु प्रहरी जवान नागेश्वर यादव, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक हवल्दार अरविन्द कुमार दास सहितको टोलीले आफ्नो नाम ठेगानासमेत बताउन नसक्ने ती पुरुषको उद्धार गरेर मानव सेवा आाश्रमको वीरगन्ज शाखामा ल्याएर राखेको छ ।

आश्रममा पुर्याइएपछि ती पुरुषलाई सरसफाई र नुहाइ दिएको भन्दै गुप्ताले उनलाई मनोरोग विशेषज्ञ डाक्टर भरत गोइतको निगरानीमा औषधि उपचारपनि सुरु गरिएकोे जानकारी दिए ।

 

Related posts

बाल अधिकार संरक्षणका लागि सबैको भुमिका महत्वपुर्ण —सिडिओ

MadhesKhabar

अन्तर्राष्ट्रिय महिला दिवसमा वीरगन्जमा चार महिला सम्मानित

MadhesKhabar

वीरगन्जको बाल सुधार गृहलाई एयरकुलर, ल्यापटप र कम्पयुटर प्रदान

MadhesKhabar

Leave a Comment