वीरगन्ज,२५फाल्गुनः ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वीरगन्जमा चार जना महिला सम्मानित भएका छन् । एम्नेष्टी समूह १६ ले वीरगन्जको नारायणी अस्पतालमा कार्यरत तीन जना महिला चिकित्सक र एक जना बरिष्ठ नर्सलाई सम्मान–पत्र प्रदान गर्नुका साथै दोशल्ला ओढाएर सम्मानित गरेको हो ।
सम्मानित हुनेहरुमा नारायणी अस्पतालमा कार्यरत बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. दिप्ती यादव, डा. प्रीती यादव र अस्मिता उपाध्याय तथा पुर्व नर्सिङ प्रमुख हेमा थापा रहेका छन् ।
एमनेष्टी समूह १६ का सन्नी पाख्रिनले सहजीकरण गरेको कार्यक्रममा सम्मानित भएका चारै जनाले यो सम्मानले आँफुहरुमाथि अझै जिम्मेवारी थपिएको प्रतिक्रिया दिदैं आफ्नो कामप्रति अझै लगनशील भएर लाग्ने ऊर्जा थपिएको बताए ।
अन्र्तराष्ट्रिय दिवसकै अवसरमा एम्नेष्टी इन्टरनेशनल १६ ले नारायणी अस्पतालका बिरामीहरुलाई फलफूल र जुस पनि वितरण गरेको एम्नेष्टी इन्टरनेशनल समूह १६ का बरिष्ठ सचिव रजनीश झाले जानकारी दिए।
एम्नेष्टी इन्टरनेशनल नेपाल समूह १६ का अध्यक्ष प्रकाश बाहेतीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष कमलेश अग्रवाल, कार्यकारिणी सदस्यहरु विजय गुप्ता, सुनिल महतो, विशाल झा, शम्भु घिमिरे लगायतकोपनि सहभागीता थियो ।

