Madhes Khabar
समाज

ठोरीका मृगौला पिडित श्रेष्ठलाई एमाले पर्सा- काठमाडौ सम्पर्क मंचद्वारा २ लाख ९४ हजार सहयोग

वीरगन्ज ,१८चैत :पर्साकाे ठोरी गाउँपालीका वडा नम्बर ३ ब्रहनगरका मृगौला रोगबाट पीडित महेन्द्र कुमार श्रेष्ठको उपचारको लागी विभिन्न माध्यम बाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

शनिबार श्रेष्ठको उपचारमा सहयोगार्थ नेकपा एमाले पर्सा- काठमाडौ सम्पर्क मंचका अध्यक्ष एवं समाजसेवी हेम बहादुर श्रेष्ठको पहलमा संकलित २ लाख ९४ हजार रुपैयाँ पिडित श्रेष्ठका परीवारलाई प्रदान गरिएको पदम स्पर्श श्रेष्ठले जानकारी दिए।

सहयाेग रकम हस्तान्तरण गर्दै समाजसेवी हेम बहादुर श्रेष्ठले भने, यो मानवीय कार्यमा सहयोग गरिदिनु भएका सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दछु । साथै जीवन मृत्युको दोसाँधमा लडिरहनु भएका महेन्द्र बहादुर श्रेष्ठको उपचारमा आफुले सकेको सहयोग गर्न समेत सबैलाई अनुरोध पनि गर्छु ।

श्रेष्ठको उपचारमा सहयोग गरिदिन सामाजिक संजाल मार्फत उनका परीवार,आफन्त एवं साथीभाईले आर्थिक संकलन अभियान संचालन गरेका छ्न् ।उपचारमा सहयोग गर्न चाहनेले पिडीत महेन्द्र कुमार श्रेष्ठको नाममा रहेको प्रभु बैंकको खाता नम्बर ०५७०२२३३६७१०००१५ मा रकम जम्मा गरिदिन वा ई-सेवा नम्बर ९८४२४२५०२५मा पनि रकम जम्मा गरिदिन अनुराेध गरिएको छ।

Related posts

सामाजिक सेवामा रोटरी क्लब : ठोरीमा ११ जनालाई ह्वील चेयर सहयोग

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रममा रहेका आश्रितहरुलाई वडाध्यक्ष कानुले खुवाए निःशुल्क भोजन

MadhesKhabar

आन्दोलनका उपलब्धि जोगाउन जनमत पार्टीलाई जिताउनुपर्ने — उम्मेदवार ओमप्रकाश सरार्फ

MadhesKhabar

Leave a Comment