Madhes Khabar
समाज हेडलाइन

वीरगन्जको मानव सेवा आश्रममा रहेका आश्रितहरुलाई वडाध्यक्ष कानुले खुवाए निःशुल्क भोजन

वीरगन्ज,६कार्तिकःवीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुले वीरगन्जस्थित मानव सेवा आश्रमको स्थलगत अवलोकन गरेका छन् । मंगलबार बिहान आफना सहयोगीहरुका साथ आश्रममा पुगेका वडाध्यक्ष कानुले आश्रममा रहेका सहयोगापेक्षीहरुलाई भेट्नुका साथै आश्रमले दिदैं आएको सेवा र उसका गतिसवधीहरुबारे जानकारी लिएका हुन् ।

त्यसपछि वडाध्यक्ष कानुले आफनो तर्फबाट आश्रमममा रहेका सहयोगापेक्षी ६५ जनालाई बिहानको खाना निःशुल्क रुपमा खुवाएको आश्रमका मधेस प्रदेश संयोजक दिपेश गुप्ताले जानकारी दिए ।

आश्रमको स्थलगत अवलोकनका क्रममा वडाध्यक्ष कानुले आगामी दिनमा आश्रम र त्यहाँ आश्रीतहरुका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतापनि जनाएको गुप्ताले जानकारी दिए ।त्यसअवसरमा वीरगन्ज–१० का समाजसेवी राजेश सिंह, आश्रमका सेवक लगायतकोपनि उपस्थिती थियो ।

Related posts

संचारकर्मी खतिवडालाई १५ हजार सहयोग गर्ने प्रेस चौतारी नेपाल बाराको निर्णय

MadhesKhabar

पर्साका सरकारी कार्यालयहरुले ६७ करोड बढी बजेट खर्च नै गर्न सकेनन्

MadhesKhabar

वीरगन्जको टेढामा एनआई कलेजले बाँड्यो कम्बल र ज्याकेट

MadhesKhabar

Leave a Comment