Madhes Khabar
समाज

संचारकर्मी खतिवडालाई १५ हजार सहयोग गर्ने प्रेस चौतारी नेपाल बाराको निर्णय

सिमरा,२३बैशाख : प्रेस चौतारी नेपाल बाराले संचारकर्मी रन्जना खतिवडालाई १५ हजार पाँच सय रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।

चौतारी बाराको शनिबार बसेको बैठकले ढाडको नसामा पलाएको ट्युमरको शल्यक्रिया गरि स्वास्थ्यलाभ गरिरहेकी संचारकर्मी खतिवडालाई उपचार खर्चस्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

प्रेस चौतारी नेपाल बाराले स्थापना गरेको राहत कोषबाट उक्त रकम हस्तान्तरण गर्ने गरिएको चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीले जानकारी दिएका छन् । घरमा स्वास्थ्यलाभ गरिरहेकी खतिवडालाई उक्त सहयोग रकम हस्तान्तरण गरिने अध्यक्ष भण्डारीले जानकारी दिए ।

चौतारी बाराको जिल्ला कमिटी सदस्य खतिवडाले एक महिना अघि काठमाडौंमा ट्युमरको शल्यक्रिया गराएकी थिइन् । शल्यक्रियापछि खतिवडाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

चौतारी बाराका अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सचीव कमलकुमार उपाध्याय, प्रेस चौतारी नेपालका जिल्ला इन्चार्ज गोकुल घोरसाइने, मधेस प्रदेश उपाध्यक्ष अनिल तिवारी, केन्द्रीय पार्षद पुष्पराज खतिवडा, जिल्ला कमिटी उपाध्यक्ष निलिशा बर्मा, सचीव जिउतप्रसाद यादव, कोषाध्यक्ष थानेश्वर सापकोटा, नेपाल पत्रकार महासंघ बाराका सचीव अनिल गौरव, सहसचिव दुश्यन्त चौधरी, कोषाध्यक्ष श्याम गुप्ता, जिल्ला कार्यसमिति सदस्य तुलसा घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

Related posts

वीरगन्जमा बन्दै सुविधा सम्पन्न बृद्धा आश्रम, सांसद चौरसियाले गरे शिलान्यास

MadhesKhabar

वीरगन्जमा युवा वचनले गरेकाे कार्यक्रममा ७५ जनाले गरे रगत दान

MadhesKhabar

छोराको जन्मदिनको उपलक्ष्यमा पर्साका ११० दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण

MadhesKhabar

Leave a Comment