वीरगन्ज,१२माघःअष्ट्रेलियामा बस्दै आएका एक परोपकारी नेपालीले आफ्नो छोराको जन्मदिनको उपलक्ष्यमा पर्साको दलितबस्तीका बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन्।
अस्ट्रेलियामा बस्दै आएका विजय पन्थीले २ वर्षीय छोरा आधरीत पन्थीको जन्मदिनको उपलक्ष्यमा पर्साको एक दलितबस्तीका ११० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।अष्ट्रृलयाबाट पन्थीले पठाएको १२ हजार रुपैयाँमा कापी ,कलम ,सिसाकलम, कटर , इरेजर लगायतका सामग्री खरिद गरेर शुक्रबार सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कौवाबन कटैयाका दलित समुदायका ११० जना बालबालिकाहरुलाई वितरण गरिएको पिस फोर दलित फाउन्डेसनका अध्यक्ष मनोज रामले जानकारी दिए ।
कौवाबन कटैयाँ गाउँमा फाउनडेनसले दलित तथा सीमान्तकृत समुदायका बालबालिकाको लागि सामुदायिक निशुल्क ट्युसन कक्षा तथा सिकाई केन्द्र सञ्चालन गर्दै आइरहेको छ ।त्यहि केन्द्रमा पढ्न आउने ११० जना बालबालिकालाई शुक्रबार कापी,कलम ,सिसाकलम , कटर , इरेजर वितरण गरिएको उनले बताए ।
त्यसअवसरमा रामसंगै दलित समुदायका अगुवा, स्थानीय अभिभावक,समाजसेवी लगायतकाकोपनि सहभागीता रहेको थियो ।

