वीरगन्ज, ७ बैशाख : सिटिजन बैंकको १७ औ स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रगतदान गरेका छन् ।सिटिजन बैंकको वीरगन्ज शाखामा आयोजित रक्तदान कार्यक्रममा ५ महिलासहित ३२ जनाले रगतदान गरेका हुन् ।
रगतदान गर्नेहरुमा भगवती सिग्देल सुभद्रा पाठक,संगीता दास,अर्पणा श्रेष्ठ ,नन्दनी साह,दिपु गुप्ता,साजन साह,रोहणी आचार्य,विक्की सिंह ,सुनिल पटेल लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । रक्तदान कार्यक्रमको उद्घाटन सिटिजन बैंकका मधेस प्रदेश प्रमुख नितेश खड्गीले गरेका थिए ।
१७ औं स्थापना दिवसमा सिटिजन बैंकले शुक्रबार बिहान वीरगन्जमा प्रभातफेरिपनि निकालेको थियो भने शुक्रबार नै किरण आँखा अस्पतालको सहयोगमा निशुल्क आँखा परिक्षण शिविरपनि आयोजना गरिएको थियो । उक्त शिविरमा २० महिला सहित ६५ जनाको आँखा परिक्षण गरिएको थियो ।

