वीरगन्ज,१४बैशाखःवीरगन्ज महानगरपालिका वडा नम्बर २३ सबैठवाको विपन्न परिवारकी एक दलित युवतीको बिहेका लागि परोपकारी संस्था उपकार सेवा नेपालले सहयोग गरेको छ ।
सबैठवाका स्व. सुरेन्द्र रामकी छोरी कबिता रामको बैशाख २४ गते विवाह हुदैछ । आमा मात्रै रहेकी कबिताको परिवारको आर्थिक अवस्था निक्कै कमजोर भएकाले विवाह खर्च जुटाउन समस्यामा परेको थाहा पाएपछि उपकार सेवा नेपालले सहयोग गरेको हो ।
उपकार सेवा नेपालकी अध्यक्ष विद्या सरावगीले शनिबार कबिताको घरमै पुगेर विवाहका लागि भन्दै चामल ६० केजी,दाल २० केजी,पिठो २० केजी ,खानेतेल १० लिटर ,चिउरा २० केजी, चिनी १० केजी,आलु ३० केजी ,प्याज १५ केजीका साथै जीरा, धनिया ,खुर्सानी, बेसार लगायतका मसला सहयोग गरेकी हुन् ।
यसका साथै बेहुला र बेहुली दुबैका लागि विहेको कपडा २ सेट र बेहुलीकी आमाका सबिता देवीका लागिपनि कपडा तथा बिहेमा लाग्ने अन्य सामानहरुपनि अध्यक्ष सरावगीले व्यवस्थापन गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

