Madhes Khabar
समाज

वीरगन्जमा युवा वचनले गरेकाे कार्यक्रममा ७५ जनाले गरे रगत दान

वीरगन्ज,१३साउन: वीरगन्जमा शनिबार युवा वचन नामक समाजिक संस्थाले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ५ महिलासहित ७५ जनाले रगत दान गरेका छन् ।

आदर्शनगरको सुरज होटल अगाडि आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५ जनाले रगत दान गरेकाे युवा वचनका केन्द्रीय अध्यक्ष पियुष कादमियाले जानकारी दिए ।

रक्त सञ्चार केन्द्र वीरगन्जमा हाल रगतको जगेडामा कमी आएको जानकारी पाए लगत्तै शनिबार संस्थाले छैठाैं पटक रक्तदान कार्यक्रमको आयोजना गरेकाे कादमीयाले बताए ।

रक्दान कार्यक्रमका नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका अध्यक्ष फुलमहम्मद मिँया, रेडक्रस साेसाइटी पर्साकी उपसभापति मधु राणा, सज्जन अग्रवाल, जनमत पार्टीका पर्सा संयाेजक ओमप्रकाश सर्राफ, प्रहरी निरीक्षक विदुर शिवाकोटी , सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डे, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईं,युवा नेता दिलीपराज कार्की, विक्की सरार्फ,अनिशकान्त कुशवाहा, राधेश्याम गुप्ता, कमलेश कुशवाहा लगायतकोपनि सहभागीता रहेकाे संस्थाका पर्सा शाखा अध्यक्ष किशन सरार्फले जानकारी दिए ।

Related posts

घडिअर्वामा युवा नेता गुप्ताले ट्यांकरबाट घरघरमा बाँडे पानी

MadhesKhabar

मानव सेवा आश्रम वीरगन्जको भवन निर्माणका लागि एक दाताले दिए ५ लाख ११ हजार गोप्य दान

MadhesKhabar

खानेपानीको अभाव झेलिरहेका वीरगन्जका दलित परिवारलाई बाल्टीन वितरण

MadhesKhabar

Leave a Comment