Madhes Khabar
समाज

बाराको उधोगबाट लाखौं मुल्यको खानेतेल चोरेर बेचेको आरोपमा चार जना पक्राउ

मधेसखबर
वीरगन्ज,०६ कार्तिक : बारामा प्रहरीले लाखै मुल्यको खानेतेल चोरी गरि बेचेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोटको शिवपुरी गाउँपालिका–१ का सुकमान तामाङ, रौतहटको गौर नगरपालिका–१ का ३८ बर्षीय रमेशकुमार जयसवाल, रौतहटकै वृन्दावन नगरपालिका–६ का ३८ बर्षीय शेख कलाम र ४७ बर्षीय वैद्यनाथ साह तेली रहेका छन् ।

पक्राउ परेकाहरु मध्ये तामाङ ट्रक चालक हुन् भने बाँकी तीन जना व्यापारी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ ।

बाराको परवानीपुर गाउपालिका–५ स्थित मनोकामना आयल एण्ड फुड प्रोसेसिङ प्रालिबाट सिन्धुलीको कमलामाई नगरपालिका स्थित रोविन सप्लायर्सका लागि पठाइएको तेल उनीहरुले बचि बाटोमै रौतहटमा बेचेका थिए ।

बजार मूल्य ४९ लाख ४ हजार ९ सय १२ रुपैयाँ रहेको तेल उनीहरुले रौतहटमा लगेर ३९ लाख रुपैयाँमा बिक्री गरेको प्रमाण प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

तेल ढुवानीका लागि प्रयोग गरिएको प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको ट्रक समेत प्रहरीले बरामद गरेको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए ।

Related posts

वीरगन्जको बहुअरीमा बेवारिसे अवस्थामा भेटिएकी गर्भवती महिलाको गरियो उद्धार

MadhesKhabar

अस्पतालको शैयाबाट दाईको अपिल : पैसा नहुदाँ भाईको उपचार गर्न सकिएन, सहयोग गरिदिनुस्

MadhesKhabar

वीरगन्जमा सडकका कुकुर मारेको विरोधमा प्रदर्शन

MadhesKhabar

Leave a Comment