Madhes Khabar
समाज

वीरगन्जमा निर्माणाधीन मानव सेवा आश्रममा थप एक भवनकाे गरियाे शिलान्यास

वीरगन्ज,१७असाेज:वीरगन्ज-१५ लक्मणवामा निर्माणाधीन मानव सेवा आश्रम परिसरमा बिहीबार एक अर्को भवनकाे शिलान्यास गरिएको छ।लायन्स क्लबले १ करोड ३४ लाख रुपैयाँको लागतमा निर्माण गरिदिन लागेकाे दुई तल्ले भवनको शिलान्यास गरिएको हाे।

डाक्टर रामआवतर खेतान, आश्रमका संरक्षक एवं प्राध्यापक डा. दिपक शाक्य र अभिभावक परिवारका संयोजक हरि गौतमले भूमी पुजन र भवनको शिलान्यास गरेका हुन्।

बिहीबार शिलान्यास गरिएको भवनकाे निर्माण महिनाभित्र सक्ने गरि समीर कन्ट्रक्सनले ठेक्का लिएको लायन्स क्लब इन्टरनेशनलका अध्यक्ष सन्जय खेतानले जानकारी दिए। सम्पन्न भएको हो ।

मानव सेवा आश्रमका संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति शाक्यको अध्यक्षतता भएको शिलान्यास कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका संजय खेतान, डिएन अग्रवाल, समाजसेवी गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल,बरिष्ठ उपाध्यक्ष हरि गौतम, आश्रमका अभिभावक प्रकाश थारु, लायन्स विनोद खण्डेवाल, राजकुमार सिन्धी लगायतकोपनि उपस्थिति थियाे।

लक्ष्मणवामै १४ कठ्ठा जग्गामा यसअघि १८ करोड रुपैयाँको लागतमा बन्दै गरेकाे मानव सेवा आश्रम वीरगन्ज शाखाको पहिलो भवनकाे निर्माण कार्य अन्तिम चरणमा पुगेकाे आश्रमका मधेस प्रदेश संयाेजक देवेश गुप्ताले जानकारी दिए ।

Related posts

बारामा दुर्गा पूजा समितिले आयोजना गरेको कार्यक्रममा ४१ जनाले गरे रक्तदान

MadhesKhabar

जिराभवानी मेलामा आएका करिब ३ सय कावारियालाई नेता रिजालद्वारा स्वागत तथा सम्मान

MadhesKhabar

वीरगन्ज महानगरले यतिम खानाका बालबालिकालाई बाँड्याे सिरक

MadhesKhabar

Leave a Comment