Madhes Khabar
समाज

वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

वीरगन्ज,४जेठःवीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोवाटिकास्थित संजीवनी एकेडमीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ सय जना लाभान्वित भएका छन् ।

विद्यालयमै आइतबार आयोजित शिविरमा विद्यालयका शिक्षक र विद्यार्थी गरी ६५ जनाको र स्थानीयबासी ३५ जनाको निःशुल्क आँखा , कान तथा नाक जाँच गरिएको हो ।

त्यसअघि शिविरको उद्घाटन वीरगन्ज–१० का वडाध्यक्ष सुशील साह कानुले गरेका थिए । विद्यालयकी संस्थापक एंव् प्रचार्य बबीता गुप्ताको अध्यक्षतामा भएको शिविरमा विद्यालयका संस्थापक सदस्य प्रभाकर गुप्ता,वीरगन्ज सामुदायिक आँखा अस्पतालका सञ्चालक महेश सिंह धामी,शिक्षिकाहरु सोनी गुप्ता,रिया महतो,सिम्रन गुप्ता, आरती गुप्ता लगायतकाकोपनि उपस्थिति रहेको थियो।

 

Related posts

नेपाल प्रहरीका आईजीपी कार्कीले पाेखरियामा विपन्न र दलित समुदायका १८४ जनालाई बाँडे कम्बल

MadhesKhabar

पढाइपछि जागीर खोजेनन्, सीपमै आत्मनिर्भर बने : पर्साको धोरेका दीपकको प्रेरणादायी कथा……

MadhesKhabar

ठोरीको बृद्धा आश्रममा उपकार सेवा नेपालको सहयोग निरन्तर

MadhesKhabar

Leave a Comment