Madhes Khabar
समाज हेडलाइन

नेपाल प्रहरीका आईजीपी कार्कीले पाेखरियामा विपन्न र दलित समुदायका १८४ जनालाई बाँडे कम्बल

वीरगन्ज,१माघ:नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दान बहादुर कार्कीले पर्साकाे पाेखरियामा अति विपन्न दलित र अन्य समुदायका १८४ जनालाई कम्बल वितरण गरेका छन्।

 

काठमाडौंबाट बिहीबार बिहान आफ्नी पत्नि नविना कार्कीसंगै वीरगन्ज आइपुगेका आईजीपी कार्कीले माईस्थानमा पुगेर गहवामाई माताकाे दर्शन गरेका थिए।त्यसपछि पाेखरिया नगरपालिका-४पाेखरियास्थित जिल्ला उचांगल रामदेव प्रसाद कलवार माविमा आयाेजित कार्यक्रममा पुगेका कार्कीले अति विपन्न दलित र अन्य समुदायका १८४ जनालाई कम्बल वितरण गरे।

 

त्यसअवसरमा उनकी पत्नि तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्की,मधेस प्रदेशका डिआईजी गाेविन्द थपलिया,पाेखरिया नगरपालिकाका मेयर प्रधुमन चाैहान,पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक लगयतकाकाे पनि विशेष उपस्थिति थियाे।

 

त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका आईजीपी कार्कीले मातहतका प्रहरी कर्मचारीलाई शान्ति सुरक्षा कायम,अवैध निकासी पैठारी नियन्त्रण,लागूओैषधकाे ओसारपसार नियन्त्रण लगायतका विषयमा निर्देशन दिए।

 

आईजीपी कार्की बिहीबार नै साँझ बाराकाे सिमरा प्रस्थान गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ।

Related posts

कृषि औजार कारखाना बारे चासो लिदै उद्योगमन्त्री रिजालले भने : जसरी पनि चलाएर छाड्छु

MadhesKhabar

बार्षिक उत्सवमा रेडियो वीरगन्जले मंसिर २४ गते रक्तदान कार्यक्रम गर्ने

MadhesKhabar

पर्सा : गाँजा र तस्करलाई छुटाउन हुलहुज्जत गर्न पुगेका कारोबारीहरु प्रहरीको थप टोली पुगेपछि फरार

MadhesKhabar

Leave a Comment