Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

नेपाली सेनाले वीरगन्जमा यसपालिकाे छठमा पनि छठी माईलाई सलामी दिने

फाइल तस्बिर ।

वीरगन्ज,२३कात्तिकःलोक आस्थाको महापर्व छठ पूजामा सरिक हुदैं नेपाली सनाले छठी माईलाई यसवर्षपनि सलामी अर्पण गर्ने भको छ ।छठ पर्वको मूख्य दिन कात्तिक २९ गते आइतबार सँझिया घाटेका दिन वीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित घडिअर्वा छठघाटमा पुगेर सेनाको टोलीले छठी मैया र सुर्य भगवानलाई सलामी अर्पण गर्ने भएको हो ।

यसअघि दसैंमा सप्तमीका दिन मात्रै सेनाले नवदुर्गा भवानीलाई सलामी दिने चलन रहेकोमा गत वर्षकाे छठ पुजादेखि नेपाली सेनाले वीरगन्जमा छठी मैया र सुर्य भगवानलाई सलामी अर्पण गर्न थालेको हो । वीरगन्जको श्रीपुरस्थित नेपाली सेनाको श्री श्रीजंग गणबाट प्रमुख सेनानी लोकेन्द्र कार्कीको नेतृत्वमा सेनाको वाद्यवादनसहितको परेड र मार्च गर्दै परिक्रममापछि घडिअर्वा छठघाटमा पुगेर सेनाको टोली छठघाट परिसरमा रहेको सुर्य भगवानको मन्दिरमा पुग्नेछ । त्यसपछि सेनाको टोलीले छठी मैया र सुर्य भगवान्लाई सेनाको विधि अनुसार सलामी अर्पण गर्ने प्रमुख सेनानी कार्कीले बताए ।

छठ पूजा व्यवस्थापन समितिको आग्रहमा सेनाको टोलीले यसवर्ष पनि छठी माई र सुर्य भगवानलाई सलामी अर्पण गर्ने उनले बताए । छठ पर्वप्रतिको आस्था र लोकप्रियता बढ्दै गएको भन्दै उनले सेनाले सबै धर्मसंस्कृतिको सम्मान गर्दै आएको बताए ।
घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहले छठ पर्वको इतिहासमै गतवर्ष देखि सम्भवत पहिलो पटक नेपाली सेनाले छठी माईलाई सलामी दिन थालेको बताए । उनले भने,गत वर्ष गाँउबासीहरुमा सरसल्लाह गर्यौ । त्यसपछि सेनालाई आग्रह गर्यौ । सेनापनि सहमत भयो । यसपालिको छठ पूजामा पनि सेनाले उक्त परम्परालाई निरन्तरता दिन लागेकाे छ।´

 

Related posts

वीरगञ्जका कक्षा ९ र ११ का विधार्थीहरुलाई वीरगञ्ज महानगरद्वारा छात्रवृत्ति प्रदान

MadhesKhabar

वीरगन्जमा आजपनि बिहानैदेखि प्रदर्शन,सिडिओ कार्यालयमा हिन्दुवादीहरुसंग छलफल जारी

MadhesKhabar

जनताको काममा जुटे सांसद यादव : किसानलाई सहज रुपमा मल दिलाउन देखाए अग्रसरता

MadhesKhabar

Leave a Comment