Madhes Khabar
हेडलाइन

वीरगञ्जका कक्षा ९ र ११ का विधार्थीहरुलाई वीरगञ्ज महानगरद्वारा छात्रवृत्ति प्रदान

मधेसखबर
पुष २१ ग्ते , बिहीबार : वीरगञ्ज महानगरपालिकाले बुधबार कक्षा ९ र ११ का विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

गएको कातिक १९ गते महानगरले लिएको छनौट परीक्षाबाट उतीर्ण भएर छनौटमा परेका विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच छात्रवृत्ति सिफारिस पत्र प्रदान गरिएको हो ।

सिफारिस पत्र प्रदान गर्दै महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुलाई अझै मेहनतका साथ अध्ययन गर्न आग्रह गरेका छन् ।

उनले कसैको सिफारिस र भनसुनमा नभई प्रतिष्पर्धाका आधारमा लिखित परिक्षामा उत्कृष्ट गरेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको पनि बताए । ‘कसैको सिफारिस र भनसुन हामीले सुनेनौँ, जसले आज छात्रवृत्ति प्राप्त गरिरहनु भएको छ उहाँहरुको मेहनत र परिश्रमले प्राप्त गरेको नतिजा नैँ हामीले पस्केका हौँ,’ उनले भने ।

आउँदा दिनमा पनि उत्कृष्ट नतिजा हात पार्न अध्ययनमा अझै परिश्रम गर्न विद्यार्थीहरुलाई उनले सुझाव दिए ।
आफूहरुले वीरगञ्जको सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न निरन्तर अनुगमन र निरीक्षण गरिरहेको भन्दै अभिभावकले पनि विद्यालयमा भइरहेका कमिकमजोरीमा ध्यान दिन आग्रह गरे ।


कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले मेहनती र जेहेन्दार विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि महानगरले छात्रवृत्ति उपलब्ध गराएको भन्दै छात्रवृत्तिको सम्मान कायम राखिराख्न अध्ययनमा कमजोरी नगर्न सुझाव दिए ।

महानगरपालिकाले कक्षा ९ र ११ मा अध्ययन गर्नका लागि ३ सय १८ जनालाई छात्रवृत्ति प्रदान गरेको हो । जसमध्ये कक्षा ९ मा ९९ जना र कक्षा ११ मा २१९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति पत्र वितरण गरिएको शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्णले जानकारी दिए । कक्षा ९ मा १५१ जनाले परीक्षा दिएकोमा ११९ जना उत्तीर्ण भएको र ११ मा १ हजार ४१९ जनाले परीक्षा दिएकोमा १ हजार २५५ जना उत्तीर्ण भएका थिए । उत्तीर्ण भएकामध्येबाट उत्कृष्ट विद्यार्थीलाई आज छात्रवृत्ति पत्र प्रदान गरिएको हो ।

 

Related posts

संविधान दिवसमा जसपा माैन : न विराेध न समर्थन ,सहिदकाे शालिकमा माल्यार्पण

MadhesKhabar

वीरगन्ज महानगरपालिकामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा बन्द, सिडिओ अफिसमै जानुपर्ने

MadhesKhabar

राज्य जिम्मेवार नबन्दा मधेसमा महिला र बालिका हिंसाका घटना बढ्दै

MadhesKhabar

Leave a Comment