Madhes Khabar
स्थानिय हेडलाइन

अमेरिकाबाट वीरगन्ज आएको पार्सलमा गाँजा भेटियो

काठमाडौं,३१भदाैं:अमेरिकाबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।

भदौ १९ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमार्फत जिल्ला हुलाक कार्यालय वीरगन्जमा प्राप्त हुने गरी पठाइएको एउटा कार्टुन बक्समा ९०० ग्राम गाँजा भेटिएको ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

प्रहरीले वीरगन्मा उक्त कार्टुन बक्स लिन आउने वीरगन्ज महानगरपालिका–१६ का ३२ वर्षका डल्लु राम र ४३ वर्षका हबिब मियाँलाई पक्राउ गरेको छ ।

त्यस्तै भदौ २४ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय कास्कीमा पठाइएको एउटा कार्टुन बक्समा १ किलो ४०० ग्राम गाँजा भेटिएको छ । उक्त कार्टुन लिन आउने भारतीय नागरिक २४ वर्षका एजिन भार्गेसलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको कोठाबाट ७२० ग्राम गाँजा बरामद भएको ब्यूरोका प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।

त्यस्तै गोश्वारा हुलाक कार्यालय काठमाडौंबाट डडेल्धुरा पठाइएको एउटा कार्टुनमा पनि प्रहरीले गाँजा भेटेको छ । कार्टुनमा ७२० ग्राम गाँजा भेटेको थियो । उक्त गाँजा लिन आउने डडेल्धुराको गन्यापधुरा गाउँपालकिा–१ की ३९ वर्षकी रेनुका तामाङलाई पक्राउ गरेको छ ।

त्यस्तै गोश्वारा हुलाकबाटै रेनुका तामाङले पाउने गरी भदौ २४ गते ९३९ ग्राम गाँजा पठाएको भेटिएको थियो । रेनुकाले उक्त कार्टुन भारतीय नागरिक अरुण कुमार र मोहम्मद नइमले लिन पठाएको भनी खुलाएकाले उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।साभार:अनलाइनखबरबाट

Related posts

वीरगन्ज महानगरको १३ औं अधिवेशन : शिक्षामा विशेष जोड

MadhesKhabar

वीरगन्जका खुद्रा व्यपारीका समस्या समाधानका लागि पहल गर्ने उद्योग वाणिज्य संघको प्रतिबद्धता

MadhesKhabar

पर्साका ६२ मतदानस्थल ‘अति संवेदनशील’ सूचीमा

MadhesKhabar

Leave a Comment