Madhes Khabar
हेडलाइन

सुशासन पार्टी पर्साका अध्यक्ष चौरसिया जसपामा प्रवेश

मधेसखबर

वीरगन्ज,०६ भदौ :नेपाल सुशासन पार्टी पर्साका अध्यक्ष मधुसुदन चौरसिया जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

काठमाडौं स्थित जसपाको केन्द्रीय कार्यालयमा सोमबार आयोजित  कार्यक्रममा चौरसिया रमेश खरेलको सुशासन पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन्।

जसपाको पार्टी कार्यालयमा केन्द्रीय अध्यक्ष   उपेन्द्र यादव, वन तथा वातावरण मन्त्री प्रदीप यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वीरगन्ज महानगरपालिकाका पमेयर राजेशमान सिंह लगायतले चौरसियालाई गम्छा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

चौरसिया गत थानिय तहको निर्वाचनमा सुशासन पार्टीबाट पर्साको बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी समेत दिएका थिए ।

Related posts

पर्सामा एक महिनादेखि आतंक मच्चाएकाे बाघ नियन्त्रणमा

MadhesKhabar

ठाकुरराम क्याम्पसकाे स्ववियु सभापतिमा शेखर समुहका राज कुमार यादव विजयी

MadhesKhabar

संरक्षण गृह नहुँदा बेचविखनबाट उद्धार गरीएकाको व्यवस्थापनमा समस्या

MadhesKhabar

Leave a Comment