Madhes Khabar
स्थानिय हेडलाइन

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बारा,७असोज : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बारा सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सिम्रौनगढ नगरपालिका-८ स्थित जनता माविको भवन निर्माणमा अनियमिता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रवक्ता दाहालका अनुसार मसासेनी र चौधरीसहित जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत चौधरीले प्राविधिकले तयार गरेको मूल्याङकन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको  र निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी ६ लाख ५८ हजार ४४० रुपैयाँ हिनामिना गरेको अख्तियारको ठहर छ। उनीहरूविरुद्ध जनही ६ लाख ५८ हजार ४४० रुपैयाँ विगो दावीसहित सजाय माग गरिएको अख्तियारले जनाएको छ।

यस्तै, भवन निर्माण समितिका अध्यक्ष यादव, सचिव रमाकान्ता प्रसाद र  कोषाध्यक्ष किरणले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको एवं नगरपालिकासँग भएको सम्झौताबमोजिमको शर्त पालना नगरी भुक्तानीको लागि स्वीकृत भएको भन्दा बढी तथा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी रकम ६ लाख ५८ हजार ४४० रुपैयाँ भुक्तानी लिइ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।उनीहरूविरुद्ध  पनि सोही रकम बराबरको विगो दावीसहित सजाय माग गरिएको छ।

Related posts

पर्सामा काँग्रेसले खोल्यो जितको खाता , प्रदेशसभा सदस्यमा पटेल निर्वाचित

MadhesKhabar

पोखरियामा मालपोत र नापी कार्यालयको शाखा स्थापनाका लागि तयारी सुरु

MadhesKhabar

जगरनाथपुरका अध्यक्ष यादवले घोषणा गरेको भोलिपल्टै नारायणी अस्पतालमा दिए ६ थान एसी

MadhesKhabar

Leave a Comment