Madhes Khabar
स्थानिय हेडलाइन

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बारा,७असोज : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बारा सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सिम्रौनगढ नगरपालिका-८ स्थित जनता माविको भवन निर्माणमा अनियमिता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रवक्ता दाहालका अनुसार मसासेनी र चौधरीसहित जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत चौधरीले प्राविधिकले तयार गरेको मूल्याङकन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको  र निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी ६ लाख ५८ हजार ४४० रुपैयाँ हिनामिना गरेको अख्तियारको ठहर छ। उनीहरूविरुद्ध जनही ६ लाख ५८ हजार ४४० रुपैयाँ विगो दावीसहित सजाय माग गरिएको अख्तियारले जनाएको छ।

यस्तै, भवन निर्माण समितिका अध्यक्ष यादव, सचिव रमाकान्ता प्रसाद र  कोषाध्यक्ष किरणले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको एवं नगरपालिकासँग भएको सम्झौताबमोजिमको शर्त पालना नगरी भुक्तानीको लागि स्वीकृत भएको भन्दा बढी तथा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी रकम ६ लाख ५८ हजार ४४० रुपैयाँ भुक्तानी लिइ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।उनीहरूविरुद्ध  पनि सोही रकम बराबरको विगो दावीसहित सजाय माग गरिएको छ।

Related posts

मिडियामा आएकाे कुरा झुठाे हाे,मलाई कसैलेपनि अफर गरेकाे छैन: भिखारी राय

MadhesKhabar

वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि

MadhesKhabar

पर्साकाे बलुवा गाँउमा आगलागीबाट तीन घर जलेर नष्ट

MadhesKhabar

Leave a Comment