Madhes Khabar
स्थानिय हेडलाइन

विकास र समृद्धिका लागि युवा उद्यमशीलताको आवश्यकता– उपमेयर आलम

मधेसखबर
वीरगन्ज,३०पुसः वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले मुलुकको विकास र समृद्धिका लागि युवा उद्यमशीलताको आवश्यकता रहेको बताएका छन् ।

वीरगन्जमा इन्प्रोभींग वीरगन्जले आयोजना गरेको रन फर च्यारिटि दौड प्रतियोगिताको शुभारम्भ गर्दै उपमेयर आलमले युवालाइर्य सिर्जनशील र उद्यमशील बनाउन सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए । उनले वीरगन्ज महानगरले पनि त्यस्ता कार्यक्रम ल्याउने पनि बताए । युवा वर्गको समग्र हित र अधिकारको विषयलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उनले युवाहरुमा रहेको क्षमताको उजागर गरी दिगो विकास लक्ष्य हासिल गर्न सकिने बताए ।

उपमेयर आलमकै प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्य कोनिका कौशीक,युवा अभियन्ता दिलिपराज कार्की लगायतको पनि सहभागीता रहेको थियो ।

Related posts

पर्साकाे ग्रामीण भेगमा पेट्रोलमा कालाेबजारी,भाेट कट्ने डरले जनप्रतिनिधिले गर्दैनन् अनुगमन

MadhesKhabar

वीरगन्जको खाद्य गुणस्तर तथा व्यापार कम्पनीमा किसानहरुद्धारा तालाबन्दी

MadhesKhabar

वीरगन्जका पूर्व मेयर सरावगीले छाडे एमाले, अब फेरि जसपामा फर्किने चर्चा !

MadhesKhabar

Leave a Comment