Madhes Khabar
स्थानिय हेडलाइन

विकास र समृद्धिका लागि युवा उद्यमशीलताको आवश्यकता– उपमेयर आलम

मधेसखबर
वीरगन्ज,३०पुसः वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले मुलुकको विकास र समृद्धिका लागि युवा उद्यमशीलताको आवश्यकता रहेको बताएका छन् ।

वीरगन्जमा इन्प्रोभींग वीरगन्जले आयोजना गरेको रन फर च्यारिटि दौड प्रतियोगिताको शुभारम्भ गर्दै उपमेयर आलमले युवालाइर्य सिर्जनशील र उद्यमशील बनाउन सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए । उनले वीरगन्ज महानगरले पनि त्यस्ता कार्यक्रम ल्याउने पनि बताए । युवा वर्गको समग्र हित र अधिकारको विषयलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उनले युवाहरुमा रहेको क्षमताको उजागर गरी दिगो विकास लक्ष्य हासिल गर्न सकिने बताए ।

उपमेयर आलमकै प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्य कोनिका कौशीक,युवा अभियन्ता दिलिपराज कार्की लगायतको पनि सहभागीता रहेको थियो ।

Related posts

सिम्राैनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

पर्सा–३ का एमाले उम्मदवार पाण्डेयविरुद्धको रिट सर्वोच्च अदालतद्वारा खारेज

MadhesKhabar

नारायणी अस्पतालमा अबको ३ महिनामा किड्नी ट्रान्सप्लान्ट सेवा सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

MadhesKhabar

Leave a Comment