Madhes Khabar
राजनीति हेडलाइन

मधेस प्रदेशमा ८९४ उम्मेदवारको जमानत जफत

 

वीरगन्ज २७ फागुन:मधेस प्रदेशमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले जमानत जोगाउन सकेका छैनन्। ३२ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशमा हालसम्म ३१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा ९८५ उम्मेदवारमध्ये ८९४ जनाको जमानत जफत भएको छ भने ९१ जनाले मात्र जमानत बचाउन सफल भएका छन्।

धनुषा निर्वाचन क्षेत्र नम्बर–१ मा उम्मेदवारी विवादका कारण आधिकारिक मतपरिणाम सार्वजनिक गरिएको छैन। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरे पनि मतपत्रबाट पार्टीको चुनाव चिन्ह नहटाइँदा सो चिन्हमा सबैभन्दा बढी मत परेको थियो। आयोगले भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र दि

मतपरिणाम सार्वजनिक भएका ३१ निर्वाचन क्षेत्रमा कुल सदर मतको १० प्रतिशत मत नपुग्दा अधिकांश उम्मेदवारको जमानत जफत भएको हो।

जिल्लागत विवरण अनुसार सप्तरीका ४ निर्वाचन क्षेत्रमा १०२ उम्मेदवारमध्ये ९० जनाको जमानत जफत भएको छ भने १२ जनाले जमानत बचाएका छन्। सिरहाका ४ क्षेत्रमा १३८ उम्मेदवारमध्ये १२७ जनाको जमानत जफत हुँदा ११ जनाले जोगाएका छन्।

धनुषाका ३ क्षेत्रमा ११६ उम्मेदवारमध्ये १०६ जनाको जमानत जफत भएको छ भने १० जनाले जोगाएका छन्। महोत्तरीका ४ क्षेत्रमा १३९ उम्मेदवारमध्ये १२७ जनाको जमानत जफत हुँदा १२ जनाले जमानत बचाएका छन्।

सर्लाहीका ४ क्षेत्रमा १३१ उम्मेदवारमध्ये १२२ जनाको जमानत जफत भएको छ भने ९ जनाले जोगाएका छन्। रौतहटका ४ क्षेत्रमा १४२ उम्मेदवारमध्ये १२८ जनाको जमानत जफत भएको छ भने १४ जनाले जमानत बचाएका छन्।

बाराका ४ क्षेत्रमा ११० उम्मेदवारमध्ये ९९ जनाको जमानत जफत भएको छ भने ११ जनाले जमानत बचाएका छन्। पर्साका ४ क्षेत्रमा १०७ उम्मेदवारमध्ये ९५ जनाको जमानत जफत हुँदा १२ जनाले जमानत जोगाएका छन्।

पार्टीगत रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका ३१ उम्मेदवारमध्ये सबैले जमानत बचाएका छन्, जसमा ३० जना निर्वाचित भएका छन् भने एकजना तेस्रो स्थानमा रहेका छन्। नेपाली कांग्रेसका ३१ उम्मेदवारमध्ये २२ जनाले जमानत बचाएका छन् भने एकजना मात्रै निर्वाचित भएका छन्।

यस्तै नेकपा एमालेका १६, जसपा नेपालका ९, नेकपाका ९, आजपा, जनमत पार्टी, नेपाल संघीय समाजवादी पार्टी र स्वाभिमान पार्टीका एक–एक जना उम्मेदवारले पनि जमानत जोगाउन सफल भएका छन्।

Related posts

संसद विघटन गर्ने सहमति,सुशीला कार्कीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी

MadhesKhabar

मधेस प्रदेशमा ठाकुर,कर्ण ,झा र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

MadhesKhabar

आज चैते दशैं पर्व मनाइँदै

MadhesKhabar

Leave a Comment