
वीरगन्ज,३बैशाखःदुई फरक समुदायबीचकाृ विवादका कारण गत शनिबारदेखि अशान्त बनेको वीरगन्जमा बुधबारपनि ठाँउ ठाँउमा टायर बालेर प्रदर्शन गरिएको छ ।
गत शनिबार हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्राका क्रममा दुई फरक धर्म समुदायबीच झडप भएको थियो ।झडप नियन्त्रणमा लिन स्थानीय प्रशासनले शनिबार बेलुकीदेखि आइतबार राति १२ बजेसम्म कर्फु लगाएको थियो । स्थिती केहि सामान्य बन्दै गएपछि आइतबार राति १२ बजेदेखि कर्फु हटाए्रर स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा लगाएको छ।
तर मंगलबार बेलुकी निषेधाज्ञाकै बेला जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि हिन्दु सम्बद्ध संघसंगठनका युवाहरुले धर्नादिदै प्रदर्शन गर्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दै लाठी चार्ज गरेर प्रदर्शनकारीहरुलाई तितरबितर पारेको थियो ।त्यसैक्रममा समाचार संकलन गरिरहेका बेला ३ जना पत्रकार घाइतेपनि भएका थिए । त्यसपछि उनिहरुले घण्टाघर, घडिअर्वा लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए।
शनिबारको घटनामा संलग्न रहको आरोमा प्रहरीले दुवै समुदायका गरी चार जनालाई नियन्त्रणमा लिएपछि मंगलबार बेलुकी हिन्दुवादीहरुले आफ्ना पक्षका २ जना युवालाई रिहा गर्नुपर्ने माग राख्दै जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका थिए।
बुधबारपनि बिहानैदेखि हिन्दुवादी युवाहरुले ठाँउ ठाँउमा टायर बालेर प्रदर्शन गर्न थालेपछि नगर क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।मंगलबार बेलुकीदेखि स्थिती तनावपूर्ण बनेपछि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हिन्दुवादी अगुवाहरुलाई बुधबार दिउँसोदेखि आफ्नो कार्यकक्षमा बोलाएर छलफल गरिरहेका छन् । छलफलमा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र र सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालपनि सहभागी छन् ।

