Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

मंगलबार मासु–माछा नखाने चलनले तराई–मधेसमा होली भोली मनाइने

फाइल फोटो

 

मधेसखबर
वीरगन्ज ,२३फागुन : तराई–मधेस होली पर्ब तिथीले आजै मङगलबार परेपनि बुधबार मनाउने तयारी भइरहेको छ ।

सामान्यता नेपालमा पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली पर्व मनाईन्छ । पहाडी क्षेत्रमा होली हिजै (सोमबार ) मनाइ सकिएको छ । तराई–मधेसमा भने होली आज परेको छ । तर मङगलबारका दिन माछा मासु नखाने चलन भएका कारण भोलि बुधबार मात्रै मनाउने तयारी भइरहेको हो ।

पुराणहरूका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा परम्परागत रूपमा होली मनाउँदै आइएको छ । द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न पठाइएकी पूतना मारिएको खुसीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको दुई वटा धार्मिक विश्वास रहँदै आएको छ।

तराई मधेस क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफन्तहरु मिलेर रंगहरु दलेर एक आपसमा खुसीयाली साटासाट गर्ने चलन रहँदै आएको छ ।

होलीका अवसरमा मधेसका आठ जिल्लामा भने सरकारले आज नै सार्वजनिक बिदा दिएको छ ।

Related posts

वीरगन्जमा राम उत्सव : माईस्थानमा बालियाे सवा लाख दीयाे, घडिअर्वामा डेढ घण्टासम्म आतीशबाजी

MadhesKhabar

पटेर्वासुगौली–५ मा नेकपा एमालेको क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन

MadhesKhabar

मौसम विभागले भन्यो : वर्षा गराउने प्रणाली नेपालबाट बाहिरियो

MadhesKhabar

Leave a Comment