Madhes Khabar
धर्म/संस्कृति

राम जन्माेत्सवकाे उपलक्ष्यमा वीरगन्जको रामजानकी मन्दिरमा भाेलिदेखि २४ घण्टे अष्टयाम एंव धार्मिक अनुष्ठान

वीरगन्ज,८माघ:भगवान् श्रीरामकाे जन्माेत्सवमा वीरगन्जको श्रीरामजानकी मन्दिरमा २४ घण्टे अष्टयाम एंव धार्मिक अनुष्ठान कार्यक्रम आयाेजना गरिने भएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा पाेखरी अगाडिको श्रीरामजानकी मन्दिरमा भाेलि (बुधबार)देखि २४ घण्टे अष्टयाम एंव धार्मिक अनुष्ठान कार्यक्रम आयाेजना गर्न लागिएको वडाध्यक्ष सुशील साह कानुले जानकारी दिए।

श्रीरामजानकी मन्दिरमा भगवान् श्रीरामकाे प्राणप्रतिष्ठा गरिएको एक पूरा भएको अवसरमा मन्दिर प्रांगणमा भाेलि बिहानदेखि २४ घण्टे अष्टयाम एंव धार्मिक अनुष्ठान कार्यक्रम आयाेजना गर्न लागिएको उनले बताए ।

 

गत वर्ष जनवरी २१ तारखिका दिन भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे समुद्घाटन गरिनुका साथै रामलल्लाकाे प्राणप्रतिष्ठा गरिएकै दिन श्रीरामजानकी मन्दिरमापनि भगवान् श्रीरामकाे प्राणप्रतिष्ठा गरिएको थियाे।

त्यहि अवसरमा श्रीरामजानकी मन्दिरमा भाेलि बिहान ८ बजेदेखि २४ घण्टे अष्टयाम पूजा सुरु हुने वडाध्यक्ष कानुले जानकारी दिए।

Related posts

उद्योगीहरुले गरे हदै सम्मकाे लापरवाही : चैती छठमा पनि सफा भएन सिर्सिया नदी

MadhesKhabar

गहवामाई रथ यात्राबारे अपमानजनक टिप्पणी गर्ने अन्सारीलाई कारबाही गर्न माग

MadhesKhabar

हनुमान जयन्तिको शोभा यात्रमा ‘जय श्रीराम ’को नाराले गुन्जयमान बन्यो वीरगन्ज शहर (फोटो फिचर)

MadhesKhabar

Leave a Comment