वीरगन्ज,५कार्तिकःवीरगन्जको गहवामाई रथ यात्रा समितिले हिन्दु धर्मको मानमर्दन हुने गरी सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिनेलाई कारबाही गर्न माग गरेको छ ।
वीरगन्जमा केहिदिन पहिले आयोजित नेपाल मुस्लिम संघ पर्साको कार्यक्रममा वीरगन्ज-२ छपकैयाका जफर अन्सारीले वीरगन्जमा निकालिने गहवामाई रथयात्रा लगायतका हिन्दू धार्मिक र्यालीलाई अराजक भनेकोले उनलाई कारबाहीको माग गर्दै गहवामाई रथ यात्रा समितका अध्यक्ष श्यामकुमार पाेख्रेलले साेमबार पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
जफर अन्सारीको उक्त अभिव्यक्ति गैरजिम्मेवार, अपमानजनक र असहिष्णु रहेको भन्दै समितले यसले समाजमा धार्मिक वैमनस्यता, द्वन्द्व, र विखण्डन ल्याउने खतरा रहेकाले त्यस्ता अभिव्यक्ति दिने व्यक्तिविरुद्ध कानुनी कारबाही गर्न माग गरेकोे हाे । कारबाही नगरिए आन्दोलनमा उत्रिने चेतावनीसमेत समितिले दिएको छ ।
यसअघि विश्व हिन्दु परिषद नेपाललेपनि आइतबार अन्सारीलाई कारबाहीकाे माग गर्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापनपत्र बुझाएको थियाे।

