Madhes Khabar
समाज हेडलाइन

बाराको गढीमाई बहुमुखी क्याम्पसका लागि १४ कठ्ठा जग्गा दान

बारा , ११ जेष्ठ : बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई बहुमुखी क्याम्पसका लागि विभिन्न दाताले ५६ लाख बराबरको १४ कठ्ठा जग्गा दान गरेका छन् ।

केही समयअघि क्याम्पसको आयोजनामा श्रीमद् भागवत तथा गढीमाई महोत्सवका अवसरमा विभिन्न व्यक्तिले क्याम्पसलाई जग्गा दान गर्न प्रतिबद्धता जनाएका थिए । सोही अनुसार उनीहरुले क्याम्पसलाई जग्गा दान गरेका हुन् ।महागढीमाई नगरपालिका–१ का नागेन्द्रप्रसाद चौधरीले १० कठ्ठा तथा पन्नालाल प्रसाद, प्रेम प्रसाद, सुमित्रा देवी र नरेशप्रसाद जयसवालले एक–एक कठ्ठा जग्गा दान गरेका क्याम्पस सञ्चालक समितिका सदस्य अमित चौधरीले जानकारी दिए।

पाँचै जनाले बुधबार मालपोत कार्यालयमा गई जग्गा क्याम्पसको नाममा पास गरी लालपुर्जा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयकुमार स्वर्णकार र क्याम्पस प्रमुख धर्मेन्द्रप्रसाद यादवलाई हस्तान्तरण गरे। यसैगरी क्याम्पसले महायज्ञबाट सङ्कलन भएको रकमबाट चार लाखका दरले थप चार कठ्ठा जग्गा खरिद गरेको अध्यक्ष स्वर्णकारले जानकारी दिए।

Related posts

अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव

MadhesKhabar

टेष्ट राष्ट्र वेष्ट इन्डिजलाई पहिलाे पटक हराउँदै नेपालले रच्याे इतिहास

MadhesKhabar

ठाकुरराम क्याम्पसको स्ववियुका लागि ३५ संगठन/समुह चुनावी प्रतिस्पर्धामा

MadhesKhabar

Leave a Comment