Madhes Khabar
समाज

ठोरीको बृद्धा आश्रममा उपकार सेवा नेपालको सहयोग निरन्तर

वीरगन्ज,१९जेठ:पर्साको ठोरी गाँउपालिका वडा नम्बर १ भगवाननगरमा रहेको बृद्धा आश्रममा परोपकारी संस्था उपकाार सेवा नेपालले खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ ।अपांगता भएका व्याक्ति,बृद्धबृद्धा गरी २३ जना बस्दै आएको उक्त बृद्धा आश्रममा उपकार सेवा नेपाललले हरेक महिना झै जेठ महिनामा पनि सहयोग गरेको हो ।

संस्थाकी अध्यक्ष विद्या सरावगीले साेमबार चामल ३० केजी, दाल १० केजी,चिनी १० केजी, स्वाबिन १० केजी ,खानेतेल ५लिटरका साथै नून, सर्फ,साबुन ,फिनाईल ५लिटर आश्रमका सदस्य रामबहादुर थिङलाई प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

Related posts

आफ्नै बिहेको निम्तो बाँड्न रौतहट आएका भारतीय युवकको मृत्यु

MadhesKhabar

पोखरियामा क्यान्सर पिडित बिरामीलाई खाद्यान्न र कम्बल सहयोग

MadhesKhabar

पर्साको ग्रामीण भेगमा पनि बच्चा चोरको हल्लाले बालबालिका र अभिभाव त्रसीत

MadhesKhabar

Leave a Comment