Madhes Khabar
समाज

ठोरीको बृद्धा आश्रममा उपकार सेवा नेपालको सहयोग निरन्तर

वीरगन्ज,१९जेठ:पर्साको ठोरी गाँउपालिका वडा नम्बर १ भगवाननगरमा रहेको बृद्धा आश्रममा परोपकारी संस्था उपकाार सेवा नेपालले खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ ।अपांगता भएका व्याक्ति,बृद्धबृद्धा गरी २३ जना बस्दै आएको उक्त बृद्धा आश्रममा उपकार सेवा नेपाललले हरेक महिना झै जेठ महिनामा पनि सहयोग गरेको हो ।

संस्थाकी अध्यक्ष विद्या सरावगीले साेमबार चामल ३० केजी, दाल १० केजी,चिनी १० केजी, स्वाबिन १० केजी ,खानेतेल ५लिटरका साथै नून, सर्फ,साबुन ,फिनाईल ५लिटर आश्रमका सदस्य रामबहादुर थिङलाई प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

Related posts

पर्सामा अपाङ्गता भएका चार असक्तले लायन्स क्लबबाट पाए ह्वील चेयर

MadhesKhabar

नेशनल मेडिकल कलेजमा आयोजित कार्यक्रममा १५७ जनाले गरे रगतदान

MadhesKhabar

अस्पतालमा बिजोग परेका दलित बृद्ध दम्पतिलाइ मेयर सिंहद्धारा आर्थिक सहयोग

MadhesKhabar

Leave a Comment