वीरगन्ज,१०चैतःपर्साको पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा टोलमा रहेका क्यान्सर रोगका एक बिरामीलाई खाद्यान्न सामग्री तथा कम्बल सहयोग गरिएको छ।उपकार सेवा नेपाल र लायन्स क्लबले संयुक्त रुपमा ती बिरामीलाई खाद्यान्न सामग्री र कम्बल सहयोग गरेका हुन् ।
उपकार सेवा नेपालका अध्यक्ष विद्या कुमारी सरावगी, लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानी, लायन्स क्लब अफ वीरगन्ज ह्यूमििनटीका अध्यक्ष अमर कान्त झा, सचिव ललन तिवारी लगायतको टोलीले मंगलबार क्यान्सर पिडित ती बिरामीको घरमै पुगेर दाल, चामल, आलु, खानेतेल, नुन, हर्लिक्स, बिस्कुट तथा कम्बल प्रदान गरेको हो ।
आर्थिक रुपमा विपन्न ती बिरामीको परिवार चलाउनसमेत कठिन रहेको थाहा पाएपछि मानवीय सेवा भावले सहयोग गरिएको लायन्स क्लब अफ पोखरियाका अध्यक्ष समानीले बताए ।

