Madhes Khabar
समाज

पर्सामा जनमत पार्टीको लोककल्याणकारी अभियान : भेडियाहीको शिविरबाट ११२ जना लाभान्वित

वीरगन्ज,७माघःवीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीमा सोमबार जनमत पार्टी पर्साले आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरबाट १ सय १२ जना लाभान्वित भएका छन् ।

लोककल्याणकारी अभियान अन्तर्गत वीरगन्ज–१५ भेडियाहीमा सोमबार जनमत पार्टीले आयोजना गरेको निःशुल्क आँखा शिविरमा १ सय १२ जनाको आँखाको चेकजाँच गरिएको जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए। ती मध्ये ४१ जनामा मोतियाबिन्दुको समस्या फेला परेको र उनिहरुको वीरगन्ज सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने बताए ।
सोमबारको शिविरमापनि वीरगन्ज सामुदायिक आँखा अस्पतालका महेश सिंह धामी नेतृत्वको टोलीले शिविरमा आएकाहरुको आँखाको चेकजाँच गरेको थियो ।

पार्टीले जिल्लाका आम नागरिकलाई मध्यनजगर गर्दै आँखा चेकजाँच शिविर आयोजनाको अभियान जारी राखेको भन्दै अध्यक्ष सर्राफले विशेषगरी ग्रामिण भेगका नागरिक स्वास्थ्य सेवाको पहुँचमा आउनबाट वञ्चित हुने तथा उनीहरुमा सूचनाको अभाव समेत रहने भएकाले अभियान नै चलाएर चेकजाँच र शल्यक्रिया सुरु गरिएको अध्यक्ष सरार्फले जनाए ।

सोमबारको शिविरमा जनमत पार्टीका युवा नेता देवराज सरार्फ ,सैफ अली लगायतकालेपनि सहजीकरण गरेका थिए भने नेतृ रम्भा मिश्र,नेताहरु महादेव शर्मा,संजय सर्राफ, मनोज साह ,लोकेश कर्ण लगायतकोपनि सहभागीता रहेको थियो ।

Related posts

महुवनका दलित महिलाहरुका लागि अगरबत्ती बनाउने ७ दिने तालिम सन्चालन

MadhesKhabar

लंगडीका बेसहारा दुई बालिकाको जिम्मा लिन सानो पाइला इच्छुक

MadhesKhabar

पर्साकाे ग्रामीण भेगबाट विद्युत चाेर्ने ८ जना पक्राउ

MadhesKhabar

Leave a Comment