Madhes Khabar
समाज

पर्साकाे ग्रामीण भेगबाट विद्युत चाेर्ने ८ जना पक्राउ

मधेसखबर
वीरगन्ज,१७फागुन : पर्साकाे ग्रामीण भेगमा विद्युत चाेरी गर्ने ८ जना पक्राउ परेका छन् ।

नेपाल विद्युत प्राधिकरण पाेखरिया वितरण केन्द्रबाट खटिएको विद्युत चुहावट नियन्त्रण टाेलीले विन्दवासिनी, सखुवा प्रसाैनी , जिराभवानी र जगरनाथपुर गाउँपालिका विभिन्न गाँउबाट उनिहरुलाई पक्राउ गरेकाे हाे ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीसंगै मंगलबार राति खटिएको प्राधिकरणकाे टाेलीले विद्युतकाे पाेलमा सिधै तार हुकिङ गरि विद्युत प्रयाेग गरिरहेका बहुअर्वा, लखनपुर, सखुवनिया, हरैया, नाैका टाेला र हरपुरबाट ८ जना घरधनी सहित १ थान फ्रिज नियन्त्रणमा लिएकाे हाे ।

पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरासतमा राखेर कारबाही प्रकृया अगाडि बढाइएकाे प्राधिकरण पाेखरिया वितरण केन्द्रका प्रमुख जगन्नाथ झाले जानकारी दिए ।

Related posts

वीरगन्ज-१० का वडाबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन ब्लड बैंकलाई १ लाख प्रदान

MadhesKhabar

श्रीपुरमा नवरात्री महोत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ५६ जनाले गरे रगत दान

MadhesKhabar

वीरगन्जमा फर्मास्युटिकल एसोसियसन र फार्मा क्लबको कार्यक्रममा ३७ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment