Madhes Khabar
समाज

वीरगन्जमा ओबीसी महासंघको कार्यक्रममा ५३ जनाद्वारा रगतदान

मधेसखबर
वीरगन्ज, ५ फागुन : वीरगन्जमा नेपाल पिछडा वर्ग (ओबीसी) महासंघ पर्साको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । घण्टघार चोकमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा दुई महिला सहित ५३ जनाले रगतदान गरेका छन् ।

रगतदान गर्नेहरुमा करेन पटेल , उमेश कुमार यादव , देवनाथ महत्तो , विक्की मिश्रा , रमेश यादव ,रविन्द्र गुप्ता , आकाश महत्तो ,सुरेन्द्र कुशवाहा , उमेश पटेल लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

नेपाल पिछडा वर्ग (ओबीसी) महासंघ पर्साका अध्यक्ष देवनाथ महत्तोको अध्यक्षता तथा प्रदेशसभा श्याम पटेलको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल पिछडा वर्ग (ओबीसी) महासंघ पर्साका पदाधिकारी र सदस्यहरुको पनि उपस्थिती थियो ।

Related posts

पर्सामा १३ बर्षिया दलित बालिकामाथि बलात्कार, प्रहरीले जाहेरी दर्ता नगरेको पिडितको गुनासो

MadhesKhabar

वीरगन्जमा ख्रिष्टियन युवा समाजको कार्यक्रममा ९३ जनाले गरे रक्तदान

MadhesKhabar

पर्साकाे इटियाहीस्थित विद्यालयका १३४ विद्यार्थीलाई स्विटर र जुत्ता वितरण

MadhesKhabar

Leave a Comment