वीरगन्ज,२२चैतःवीरगन्जमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ९३ जनाले रक्तदान गरेका छन् । आउन लागेको नयाँ बर्ष २०८२ को उपलक्ष्यमा क्वाइनोनिया वीरगन्ज चर्च र ख्रिष्टियन युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा १९ महिलासहित ९३ जनाले रक्तदान गरेका हुन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ अमर चोकस्थित क्वाइनोनिया वीरगन्ज चर्चको सभाहलमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुमा दिपक साह,आयुष सिंह लामा,रोहन खड्का,मारी कुमार राई,कमला चौबे,स्नेहा मुरारका,विकाश महर्जन,विशाल कुमार सिंह,घनश्याम,दिपेन्द्र श्रेष्ठ,रमेश,विकाश कुमार,इशाक सोनार,गुन्ना साह,विशाल अधिकारी,शिवशंकर मान,सलमान शेख,जाकिर हुसेन लगायतका रहेका छन् ।
क्वाइनोनिया वीरगन्ज चर्चका पास्टर राजकुमार घिमिरेको अध्यक्षता तथा वीरगन्ज–१६ का वडा अध्यक्ष प्रशुराम चौरसियाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह,वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, सामुदायिक प्रहरी सेवा कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी,समाजसेवी राजेन्द्र भट्टराई लगायतकाकोपनि उपस्थिति रहेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिए ।

