Madhes Khabar
समाज

बार्षिक उत्सवमा रेडियो वीरगन्जले मंसिर २४ गते रक्तदान कार्यक्रम गर्ने

मधेसखबर
वीरगन्ज, १२ मंसिर : वीरगन्जबाट प्रशारण हुदै आएको रेडियो वीरगन्ज ९९ मेगाहर्जले २१ औं बार्षिक उत्सवको अवसरमा यहि मंसिर २४ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आफनो प्रसारणको २० वर्ष पुरा गरी २१ औँ बर्षमा प्रवेश गर्ने अवससरमा रेडियो परिसरमा आयोजना हुने रक्तदान कार्यक्रममा विगतका बर्षहरुमा झै यस बर्ष पनि उल्लेख्य सहभागिता जनाउन रेडियोका श्रोता, शुभचिन्तकहरुलाई रेडियोका कार्यकारी अध्यक्ष ध्रुव साहले आह्वान गरेका छन् । बार्षिक उत्सवको अवसरमा रेडियोले विभिन्न कार्यक्रमको समेत आयोजना गर्ने अध्यक्ष साहले बताए ।

आम श्रोता, विज्ञापनदाता, शुभेच्छुक, सबैको अपार स्नेहका कारण रेडियो वीरगंज मध्य तराईका श्रोताहरुको ढुकढुकी बन्न सफल भएको साहद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

Related posts

ठोरीमा फेरि बाघको आतंक , स्थानीयवासी त्रसीत

MadhesKhabar

ठाकुरराम क्याम्पसमा विद्यार्थी जनमत संघले गरेको कार्यक्रममा १९ जनाले गरे रगत दान

MadhesKhabar

ठोरीका मृगौला पिडित श्रेष्ठकाे उपचारका लागि १ लाख ७५ हजार नगद सहयोग

MadhesKhabar

Leave a Comment