बारा,१८बैशाखः नेपाल दरुण दलको भवन निर्माणका लागि तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग छन् ।भेटवालले उक्त रकम सोमबार तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङलाई उक्त रकम प्रदान गरेका हुन् ।
काठमाडौंमा तरुण दलको आफनै भवन निर्माणका लागि तरुण् दल केन्द्रिय कार्य समितिले आफना सदस्य र नेताहरुबाट आर्थिक सहयोग संकलन गर्दै आइरहेका छ । केन्द्रिय सदस्य भेटवालले भवन निर्माणमा तरुण दलले चाहे थप जिम्मेवारी वहन गर्ने तयार रहेकोपनि बताए ।
मकवानपुरका स्थायीबासी भेटवालले कोभिड महामारीका बेलापनि सामाजिक सेवा गरेका थिए । त्यसबेला कोभिड महामारीले समस्यामा परेकाहरुका लागि मकवानपुरको राक्सिराङ गाउँपालिकामा खाद्यान्न र नगद २ लाख रुपैयाँ सहयोग गरेका थिए । यस्तै मकवानपुरगढी गाउँपालिकामा पनि उनले २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।
करिव २ दशकदेखि मकवानपुरमा सामाजिक र राजनीतिक रुपमा क्रियाशील भेटवाल विपदमा मात्र नभइ असाहय र गरिब जेहेन्दार विद्यार्थीहरुको अभिभावकत्व ग्रहणमापनि अग्रसर रहदै आएका छन् । अनिल कुमार साह , बारा

