Madhes Khabar
समाज

तरुण दलको भवन निर्माणका लागि भेटवालले गरे २ लाख ५५ हजार सहयोग

बारा,१८बैशाखः नेपाल दरुण दलको भवन निर्माणका लागि तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग छन् ।भेटवालले उक्त रकम सोमबार तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङलाई उक्त रकम प्रदान गरेका हुन् ।

काठमाडौंमा तरुण दलको आफनै भवन निर्माणका लागि तरुण् दल केन्द्रिय कार्य समितिले आफना सदस्य र नेताहरुबाट आर्थिक सहयोग संकलन गर्दै आइरहेका छ । केन्द्रिय सदस्य भेटवालले भवन निर्माणमा तरुण दलले चाहे थप जिम्मेवारी वहन गर्ने तयार रहेकोपनि बताए ।

मकवानपुरका स्थायीबासी भेटवालले कोभिड महामारीका बेलापनि सामाजिक सेवा गरेका थिए । त्यसबेला कोभिड महामारीले समस्यामा परेकाहरुका लागि मकवानपुरको राक्सिराङ गाउँपालिकामा खाद्यान्न र नगद २ लाख रुपैयाँ सहयोग गरेका थिए । यस्तै मकवानपुरगढी गाउँपालिकामा पनि उनले २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

करिव २ दशकदेखि मकवानपुरमा सामाजिक र राजनीतिक रुपमा क्रियाशील भेटवाल विपदमा मात्र नभइ असाहय र गरिब जेहेन्दार विद्यार्थीहरुको अभिभावकत्व ग्रहणमापनि अग्रसर रहदै आएका छन् । अनिल कुमार साह , बारा

Related posts

रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको सयुँक्त आयोजनामा रगतदान कार्यक्रम

MadhesKhabar

दुर्घटनामा घाइते गुरुङको उपचारका लागि ठोरीका शिक्षकहरुले १ लाख २३ हजार उठाएर गरे सहयोग

MadhesKhabar

साहिब दरबारले वीरगन्जका ३०० बालबालिकालाई बाड्यो स्वीटर

MadhesKhabar

Leave a Comment