Madhes Khabar
समाज

ठाकुरराम क्याम्पसमा विद्यार्थी जनमत संघले गरेको कार्यक्रममा १९ जनाले गरे रगत दान

वीरगन्ज,४जेष्ठःजनमत पार्टीको भातृ संगठन विद्यार्थी जनमत संघले शुक्रबार वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थी जनमत संघको ईकाइ समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिलासहित १९ जनाले रगत दान गरेका छन् ।

रक्तदान गर्नेहरुमा जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ,सन्जय सिंह, सागर पटेल,सीता थापा, प्रमीला श्रेष्ठ,सन्जु कुमारी कुशवाहा,साक्षी श्रीवास्तव,आनन्द कानु, मोहन चौधरी,लालदेव यादव, सुजित केशरी,रोहित पटेल,अभिषेक झा लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

वीरगन्जको रक्त सञ्चार केन्द्रमा अहिले गर्मीका बेला रगतको अभाव रहेको र त्यसले अस्पतालमा बिरामीहरुको उपचारमा समस्या भइरहेको गुनासो आएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यार्थी जनमत संघका ईकाइ अध्यक्ष अभिषेक झाले बताए ।

जनमत विद्यार्थी संघका ईकाइ अध्यक्ष अभिषेक झाको अध्यक्षता तथा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा जनमत पार्टीका नेताहरु मुकेश द्धिवेदी,सन्जय सिंह लगायतकोपनि सहभागीता रहेको थियो ।

Related posts

वीरगन्जको स्पर्श मल्टिस्पेशालिटी हस्पिटलमै बालिका बलात्कृत

MadhesKhabar

हिंसा र तिरस्कारविरुद्ध मौनता तोड्दै मधेसका महिलाहरू

MadhesKhabar

दलित र मुस्लिम अब एक भएर हक र अधिकारका लागि लड्नुपर्छ : अध्यक्ष अहमद

MadhesKhabar

Leave a Comment