Madhes Khabar
समाज

बाराबाट उद्धार गरिएकी १० बर्षिया बालिकालाई सानो पाइलाले अभिभावकको जिम्मा लगायो

वीरगन्ज,९फागुनःबारामा अलपत्र अवस्थामा फेला परेर उद्धार गरिएकी १० बर्षिया एक बालिकालाई सानो पाइला नामक संस्थाले ती बालिकालाई रौतहटस्थित उनको घरमै पुगेर परिवारको जिम्मा लगाएको छ ।

बारामा यहि फागुन ३ गते हात जलेको घाइते अवस्थामा १० बर्षिया बालिकालाई अलपत्र अवस्थामा प्रहरीले फेला पारेपछि उद्धार गरेर माइती नेपालको सहयोगमा सानो पाइलाको जिम्मा लगाएको थियो । सानो पाइलाद्वारा सञ्चालित सानो घरको आश्रयमा राखिएकी बोल्न नसक्ने ती बालिकालाई सानो पाइलाले नारायणी अस्पतालमा लगेर उपचार गराएर आफ्नो संरक्षणमा राखेको थियो ।

त्यसपछि ती बालिकाको ठेगाना र अभिभावकबारे खोजी गरेर पत्ता लागेपछि बिहीबार सानो पाइलाका कर्मचारीहरुले ती बालिकालाई रौतहटको गुजरा नगरपालिकास्थित उनको घरमै पुगेर बुबा–आमाको जिम्मा लगाएको सानो पाइलाका विवेक कर्णले जानकारी दिए । गुजरा नगरपालिकाका जनप्रतिनिधीहरुको रोहबरमा ती बालिकालाई उनका बुबा–आमाको जिम्मा लगाइएको कर्णले बताए ।

 

Related posts

पर्सामा विधुत चोरी गर्ने १२ जना पक्राउ

MadhesKhabar

सशस्त्र प्रहरी दिवसमा बाराको पिलुवामा १०० जनाद्धारा रक्तदान

MadhesKhabar

पर्साका विपन्न र दलित परिवारलाइ झुल वितरण

MadhesKhabar

Leave a Comment