Madhes Khabar
समाज

पूर्वपतिले दु:ख दिएको पूर्वमिस नेपाल उषा खड्गीको गुनासो, नयाँ सरकारले न्याय दिनुपर्ने माग

काठमाडौँ,१७चैत: पूर्वमिस नेपाल उषा खड्गीले आफूलाई पूर्वपतिले यातना दिएको भन्दै सामाजिक सञ्जालमा दुख पोखेकी छन् । दोस्रो श्रीमती विवाह गरेर एउटै घरमा बस्दै आएका पूर्वपति तथा सञ्चारकर्मी जिपी तिमल्सिनाले गालीगलौज र दुव्र्यवहार गर्ने गरेको उनको दावी छ ।

फेसबुकमा उनले लेखेकी छन्, ‘आफू बिहे गरेर, त्यही घरमा बच्चाहरुको अगाडी बस्ने लाज पचाएर अनि मलाई जथाभावी भन्ने, मुख छाड्ने, कोही आउँदा-जाँदा जथाभावी बोल्ने, मेरो माइतीबाट परिवार अनि साथीहरु आउँदा नानाथरी भन्ने, डिस्टर्ब गर्ने। धेरै भइसक्यो अब । अति भएर बोल्दैछु आज ।’

सम्बन्ध विच्छेदपश्चात पनि उषा र जिपी लोकन्थलीस्थित एउटै घरमा बस्छन् । उषाले उक्त घरको एक हिस्सा अंशको रुपमा पाएकी हुन् । सोही अनुरुप घरको तेस्रो तल्लामा जिपी र उनकी दोस्रो श्रीमती सविना अधिकारी बस्छन् भने दोस्रो तल्लामा दुई सन्तानका साथ उषा बस्छिन् ।

सो घरलाई लिएर पनि बाराम्बार जिपीले आफूलाई टर्चर दिने उषाको भनाइ छ । उनी भन्छिन्, ‘यो घर अदालतले अंशको रुपमा मलाई पनि दिएको हो । तर त्यसले मेरो घर, मेरो घर मात्र भन्ने ? तनाव दिने ? यो घर मेरो २५ प्रतिशत, मेरो छोराको २५ प्रतिशत, मेरी छोरीको २५ प्रतिशत र त्यसको २५ प्रतिशत अंशमा परेको हो । अनि तिमल्सिनाले कसरी मेरो मात्र घर भन्न सक्छ ? मेरो अधिकार खोज्न म कता जाने ? यो देशमा नियम र कानुन छ कि छैन ? अधिकार सुरक्षा छ कि छैन ?’

अहिले बनेको नयाँ सरकारले आफूलाई आफ्नो हक-अधिकारसँगै न्याय दिनुपर्ने उनको माग छ ।

उषाले जिपीकी दोस्रो श्रीमती सविनालाई आफ्नो श्रीमान सम्हाल्न पनि सुझाव दिएकी छन् । ‘तिम्रो लोग्नेलाई सम्हाल्नु पर्यो । मलाई गालीगलौज र मेरो जिन्दगीमा हस्तक्षेप गर्दैछ । अब यो एक्स भनौदोलाई प्रहरी प्रशासनमा शान्ती सुरक्षा नहानी भएन । अति गर्यो मलाई साथीहरु,’ उनले लेखेकी छन् ।

जिपी र उषाले २०७९, जेठ २६ गते जिल्ला अदालत भक्तपुरमा सम्बन्धविच्छेद गरेका थिए । सम्बन्धविच्छेदपछि जिपीले आफ्नी प्रेमिका सविना अधिकारीसँग १९ मंसिरमा विवाह गरे । विवाह गरेर जिपीले सविनालाई सोही घरमा भित्र्याए ।

सम्बन्धविच्छेदसँगै उषाले जिपीसँग अंश दाबी गरेकी थिइन् । अदालतले गरेको सम्पत्ति बाँडफाँटमा चित्त नबुझेपछि जिपीले उच्च अदालतमा पुनरावेदन गरे । जिपीले आफूहरुको अंश मुद्दा किनारा नलाग्दै अर्को विवाह गरेकोमा उषाले त्यो बेला आपत्ति जनाएकी थिइन् । पछि उक्त घर सबैको नाममा बराबरी प्रतिशत पर्यो ।साभार:नेपालप्रेस

 

Related posts

अझैपनि विभेद र अपमानसंग लड्दै मधेसका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय

MadhesKhabar

वीरगन्जमा सिटिजन बैंकको वार्षिकोत्सवमा १८ जनाले गरे रक्तदान

MadhesKhabar

लखनपुरमा जसपाका युवा नेता साहद्वारा सामुदायिक भवनको शिलान्यास

MadhesKhabar

Leave a Comment