Madhes Khabar
समाज

लखनपुरमा जसपाका युवा नेता साहद्वारा सामुदायिक भवनको शिलान्यास

मधेसखबर
वीरगन्ज,२४ भदौं : पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ६ लखनपुरमा सामुदायिक भवनको शुक्रबार शिलान्याश गरिएको छ ।जनता समाजवादी पार्टी (जसपा)का मधेस प्रदेश परिषद सदस्य शीव कुमार साहले उक्त सामुदायिक भवनको शिलान्याश गरेका हुन् ।

लखनपुरमा मधेस प्रदेश सरकारले उपलब्ध गराएको २५ लाख रुपैयाको लागतमा सामुदायिक भवन निर्माण गर्न लागिएको हो । उक्त भवन काम शुरु गरिएको ३ महिना भित्रै निर्माण पुरा गरिसक्नु पर्ने सम्झौता रहेको भवन निर्माण उपभोक्ता समितिले जनाएको छ ।

गाँउघरमा हुने विहेबारी हुदा जन्तीलाइ विधालयमा राख्ने प्रवृति रहेकाले त्यसलाइ अन्त्य गर्न र अन्य सामाजिक कृयाकलापहरु ऋायोजनामा सहजता होस् भनेर खलनपुरमा सामुदायिक भवन निर्माण गर्न लागिएको जसपा युवा नेता साहले बताए ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष मुना राउत कमकर, जसपाका क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, नेताहरु सिकेन्द्र सहनी, प्रमोद उपाध्याय, रामबाबु साह तेलि लगायतको पनि सहभागिता थियो ।

Related posts

वीरगन्जमा फर्मास्युटिकल एसोसियसन र फार्मा क्लबको कार्यक्रममा ३७ जनाले गरे रक्तदान

MadhesKhabar

बन्द भएको ५० रुपैयाँमै खाना खुवाउने भरपेट भोजनालय फेरि सन्चालनमा आउने

MadhesKhabar

सिटिजन बैंकको स्थापना दिवसमा वीरगन्जमा आयोजित कार्यक्रममा ३२ जनाले गरे रगतदान

MadhesKhabar

Leave a Comment