Madhes Khabar
धर्म/संस्कृति समाज

छठ मनाउन वीरगन्ज कारगारका महिला कैदीबन्दीहरुलाई साडी वितरण

वीरगन्ज,१९कार्तिकःवीरगन्ज कारागारमा रहेका महिला कैदीबन्दीहरुलाई छठ पर्व मनाउन साडी लगायतका सामग्री वितरण गरिएको छ।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको समन्वयमा रुंगटा वेलफेयर सोसाइटीले कारागारका ६० जना महिला कैदीबन्दीहरुलाई जनही एक एक थान नयाँ साडी र छठको प्रसाद बनाउन चाहिने गँहुको पिठो दुई दुई किलो वितरण गरेको हो ।

सोमबार कारगारमै आयोजित कार्यक्रममा रुंगटा वेलफेयर सोसइटीका कोषध्यक्ष सुरेश रुंगटाले साडी र पिठो बाँडेको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

रुंगटाकै अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश पौडेल, प्रहरी निरीक्षकद्वय रमेश तिमल्सिना र निरोज चौलागाई,वीरगन्ज कारागारका प्रमुख विनय श्रीवास्तव लगायतकोपनि उपस्थिती थियो ।

Related posts

बारामा पनि दलितलाई महायज्ञ प्रवेशमा राेक

MadhesKhabar

लोकतन्त्र दिवसको उपलक्ष्यमा वीरगन्ज–१० मा आयोजित कार्यक्रममा ५२ जनाले गरे रक्तदान

MadhesKhabar

पढाइपछि जागीर खोजेनन्, सीपमै आत्मनिर्भर बने : पर्साको धोरेका दीपकको प्रेरणादायी कथा……

MadhesKhabar

Leave a Comment