Madhes Khabar
समाज

तरुण दलकाे स्थापना दिवसमा कलैया अस्पतालका बिरामीहरुलाई फलफूल वितरण

वीरगन्ज,१०कार्तिक: नेपाल तरुण दल बाराले तरुण दलकाे ७१ ओैं स्थापना दिवसकाे अवसरमा शुक्रबार विभिन्न कार्यक्रम गरेकाे छ।

तरुण दलको ७१ औं स्थापना दिवसको अवसरमा शुक्रबार कलैयास्थित नेपाली कांग्रेस बाराको पार्टी कार्यालयमा तरुण दल बाराले विचार गोष्ठी कार्यक्रम गरेकाे हाे।

गाेष्ठी पश्चात तरुण दलले कलैयामा रहेको प्रादेशिक अस्पतालमा पुगेर त्यहाँ रहेका बिरामीहरूलाई फलफूल वितरणपनि गरेको तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेलले जानकारी दिए।

अस्पतालकाे आकस्मिक कक्ष, आईसीयू र प्रसुती वाडमा उपचाररत गरी ५० जना जना बिरामीहरूलाई स्याउ,फ्रुटी,पाउरोटी र अण्डा वितरण गरिएको उनले बताए ।

तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेलकै अध्यक्षता तथा कांग्रेस बाराका सभापति राजेश राय यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पूर्व मन्त्री कलावती पासवान,बारा २ का कांग्रेसका क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादव,नेपाली काँग्रेस बारा क्षेत्र नंबर ४ ख का सभापति लोकेश सिंह,नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी ,तरुण दलका केन्द्रीय सदस्य राजकिशोर गुप्ता ,कलैया अस्पतालका डा.मनोज यादव, नेपाल विद्यार्थी संघ बाराका अध्यक्ष समीर चौधरी लगायतको सहभागिता रहेको थियो।

Related posts

वीरगन्जको बाल सुधार गृहलाई एयरकुलर, ल्यापटप र कम्पयुटर प्रदान

MadhesKhabar

वीरगन्जमा शिखर इन्स्योरेन्स कम्पनीले आयोजना गरेको कार्यक्रममा ५८ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्जमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रक्तदान कार्यक्रम आयोजना गर्दै

MadhesKhabar

Leave a Comment