Madhes Khabar
समाज

वीरगन्ज कलेजमा ६२ जनाले गरे रक्तदान

वीरगन्ज,२७चैत:वीरगन्ज कलेजले बुधबार आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन्।नयाँ बर्ष २०८२ को उपलक्ष्यमा आयाेजित रक्तदान कार्यक्रममा १५ महिलासहित ६२ जनाले रक्तदान गरेका हुन्।

रक्तदान गर्नेहरुमा रितिका कुमारी महर्जन,प्रिती कुमारी,सुनिता साह,जान्भी गुप्ता ,रिया यादव ,श्रवण पटेल,विकेश कुमार लगायतका रहेकाे नेपाल रेडक्रस साेसाइटी रेशमकमेठी उपशाखाका युवा संयाेजक अभिलाष गुप्ताले जानकारी दिए।

वीरगन्ज कलेजका अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा आयाेजित रक्तदान कार्यक्रममा सुरेश प्रसाद चौधरी,विनोद कुमार गुप्ता,सुनिता साह, राजेन्द्र भट्टराई, प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला साह,नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल,सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका सचिव श्रवण बहादुर रायमाझी लगायतकाहरुको उपस्थिति रहेको थियो।

Related posts

लागु पदार्थ दुव्यर्सन विरुद्ध ज्ञानज्योति माविमा सचेतनामुलक कार्यक्रम सम्पन्न

MadhesKhabar

वीरगन्ज-१० का वडाबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन ब्लड बैंकलाई १ लाख प्रदान

MadhesKhabar

श्रीपुरमा नवरात्री महोत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ५६ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment